पुस २३,
काठमाडौं । लाख ऋण दिएर करोडको तमसुक बनाउने श्याम परदेशीभन्दा पनि खुंखार साहुकार भेटिएका छन् । सर्लाहीको बरहथवाका रामबाबु राय र ब्रम्हपुरीका सञ्जय साह रौनियारले ऋण दिएबापत जग्गा बन्धकी राख्नेमात्र होइन, रजिष्ट्रेसन नै पास गरेर लिने गरेका छन् । राय र रौनियारबाट पीडित एक समूह न्याय माग्दै काठमाडौँ आएको छ । ऋण दिँदा उनीहरुले बन्धकी मात्र होइन, रजिस्ट्रेसन नै पास गरेर घरजग्गा नै कब्जामा लिएका छन् ।
सर्लाही आसपासका १५ सय परिवार उनीहरुबाट पीडित छन्। जनतालाई लाख ऋण दिएर करोडको तमसुक बनाउने रामबाबु राय यादव राजपा केन्द्रीय सदस्य हुन् । सञ्जय रौनियार गत निर्वाचनमा नयाँ शक्तिका प्रदेश सभा उम्मेदवार भएका थिए । उनीसँग भारती नागरिकता पनि छ । रामबाबु रायले रामप्रवेश महतोलाई ८ लाख ६२ हजार लिएका थिए । त्यसको साउँ व्याज गरी उनले ५१ लाख असुल गरे । तर, ऋण चुक्ता नभएको भन्दै जग्गा नै कब्जा गरेका छन् । –नयाँ पत्रिका
प्रतिक्रिया