ताजा अपडेट »

पपुवा न्युगिनी ९५ रनमै अलआउट, सन्दीपले लिए ५ विकेट

सोमबार, २९ फागुन २०७९

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनीले नेपाललाई  सामान्य लक्ष्य दिएको छ । त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पपुवा न्युगिनीले ३२ ओभरमा १० विकेट गुमाउँदै ९५ रन बनाएको हो । 

पपुवा न्युगिनीका लागि ओपनरद्वय किप्लिन डोरिगा र हिरि हिरि सस्तैमा आउट भए । डोरिगाले २ रन र हिरिले १४ रन जोडे । कप्तान असद वालाले २० रन बनाउँदा सेसे बाउले १८ रन, चार्ल्स अमिनीले १६ रन, रिले हेकुरेले रन बनाए । यस्तै, चाड सोपरले ८ रन, काबुआ मोरियाले १ रन र  हिला वारेले ७ रन बनाए । सेमो कामिया र नर्मन भानुआ भने शून्यमै आउट भए । 

नेपालका लागि बलरहरुले कसिलो बलिङ गरे । सन्दीप लामिछानेले ५ विकेट लिँदा कुशल मल्ल र ललित राजवंशीले २-२ विकेट लिए । राजवंशीले यसअघि युएईविरुद्धको खेलमा ५ विकेट लिएका थिए । यस्तै, सोमपाल कामीको नाममा एक विकेट रह्यो । 

३२ ओभरको अन्तिम बलमा सन्दिप लामिछानेले आफ्नो ५ औं किवेट दर्ता गराउँदै पिएनजीलाई अलआउट गराउन सफल भएका हुन् । यसअघि ३१ औं ओभरको तेस्रो बलमा नेपालका लागि कुशल मल्लले व्यक्तिगत दोस्रो विकेट लिँदै नवौं सफलता दिलाए। पिएनजीका कबुवा मोरिएलाई १ रनमा भीम सार्कीको हातबाट क्याच आउट गराए।

त्यसअघि ३० औं ओभरको पाँचौ बलमा सन्दीप लामिछानेले नेपाललाई आठौं सफलता दिलाएका हुन्। व्यक्तिगत चौथो विकेट लिने क्रममा उनले ७ रन बनाएर खेलिरहेका हिला भारेलाई बोल्ड गरेका थिए। त्यसअघि २७ औं ओभरको चौथो बलमा कुशल मल्लले सातौं सफलता दिलाएका थिए। उनले पिएनजीका नोरमान भानुआलाई शून्यमा दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट गराएका थिए।

यसअघि सन्दीप लामिछानेले ३ तथा ललितनारायण राजबंशीले २ विकेट लिएका थिए भने सोमपाल कामीले १ विकेट लिएका थिए। व्यक्तिगत तेस्रो विकेट लिने क्रममा उनले १६ रन बनाएर खेलिरहेका पिएनजीका चार्ल्स अमिनीलाई आउट गरे।

त्यसअघि ललितनारायण राजबंशीले पाँचौ सफलता दिलाएका हुन्। व्यक्तिगत दोस्रो विकेट लिने क्रममा उनले २३ औं ओभरको पाँचौ बलमा राइली हिकुरे ४ रन बनाएर आउट भए। उसका लागि कप्तान असाद भालाले सर्वाधिक २० रन बनाए। सन्दीप लामिछानेको बलमा आउट हुनुअघि उनले ३१ बल खेल्दै २ चौका प्रहार गरेका थिए।

यस्तै सेसे बाउले १८ रन बनाए। लामिछानेकै बलमा बोल्ड हुनुअघि उनले २८ बल खेलेर ३ चौका प्रहार गरेका थिए। सोमपाल कामीले ओपनर हिरी हिरीलाई १४ रनमा आउट गराउँदा ललित राजबंशीले अर्का ओपनर किपेलिन डोरिगालाई २ रनमा बोल्ड गरे।