ताजा अपडेट »

ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ५ जनाको मृत्यु

आइतबार, २८ फागुन २०७९

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकामा यात्रुबहाक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका–४ कुइभिरमा बस दुर्घटना हुँदा दुई पुरुष र तीन महिलाको मृत्यु भएको फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनारले जानकारी दिइन् । 

उनका अनुसार ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटना परेको हो । अहिले पनि उद्धार कार्य चलिरहेको जानकारी दिएकी उनले २५ जना घाइतेको उद्धार गरेर घुर्मी र खुर्काेटसहितका अस्पतालमा उपचारका लागि पठाइएको बताइन् । ‘ओखलढुंगाबाट आएको बस रहेछ । ओरालो ठाउँमा भएकाले ब्रेक नलागेको हुन सक्ने अहिले अनुमान गरिएको छ,’ उनले भनिन्, ‘केही शव हुन सक्ने आशंका गरिएको छ । अहिले पनि उद्धार कार्य चलिरहेको छ ।’