बुटवल । पाल्पा,तिनाउ गाउँपालिका वडा नं. १ काे झिगामारा र ठूली उदाङमा नेकपा एमालेकाे मिसन ग्रासरुट कार्यक्रम शुक्रबार सञ्चालन भएकाे छ । अभियानका प्रमुख अतिथि तिनाउ गाउँ कमिटीका ईन्चार्ज दलबहादुर गुरुङले पार्टीको राष्ट्रिय अभियानका रुपमा रहेकाे मिसन ग्रासरुट अभियान पार्टी कार्यकर्ता, समर्थक र शुभचिन्तकहरु बीच भेटघाट, अन्तर्कियात्मक छलफल र पार्टीका नीति, सिद्धान्त, विचार, दृष्टिकोण एवम् नेकपा एमालेकाे गतिविधि आमजनताका माझ लैजाने अनि बुझाउने कार्यक्रम रहेकाे बताए ।
उनले पार्टीको दुई महिने अभियानमा सबै नेता, कार्यकर्ता जनताका घरदैलाेमा पुगेर उनीहरुका गुनासाे र सुझाव सुन्ने कार्यक्रम समेत रहेकाे जानकारी गराए । कार्यक्रमका विशिष्ट अतिथि माथागढी गाउँ कमिटीका ईन्चार्ज सन्ताेष भट्टराईले यही अभियानमा नयाँ सदस्यता दिने, सदस्यता लिएकाहरुकाे नवीकरण गर्ने र कमिटी पुनर्गठनमा जाेड दिईने बताए । तिनाउ गाउँ कमिटीका अध्यक्ष राेमबहादुर लम्तरीले पार्टीको अभियानले नेता, कार्यकर्ता र जनतालाई जाेड्ने विशिष्ट कार्यक्रम भएकाे बताए ।
नेकपा एमालेका नेता तथा गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले समृद्ध नेपाल, सुखी नेपालीकाे आकाङ्क्षालाई एमालेकाे यही अभियान मार्फत जनताकाे घरदैलाेमा लैजाने बताउँदै आफूले पार्टीको सल्लाह अनुसार तिनाउकाे समग्र विकासमा लागिपरेकाे बताए । अभियानमा गाउँ कमिटी उपाध्यक्ष सावित्रा राना, अमर तरामु, किमबहादुर लाम्टाङे, जीतबहादुर थापा, सीता थापा, सुरेश गलामी लगायतले आ-आफ्ना टाेलका समस्याहरु समयमै समाधान गर्न विशेष अनुराेध गरेका थिए ।
उनीहरुले मुर्गियादेखि झिंगामारा, ठूली उदाङसम्मकाे बाटाे, खाने पानी, कृषि, पशुपालन, विद्युत, शिक्षा, स्वास्थ्य, सहकारी, पर्यटनका सम्बन्धमा जिज्ञासा राखेका थिए । साेही अभियानकाे क्रममा झिंगामारा टाेल कमिटीकाे पुनर्गठन र ठूली उदाङमा रामकुमारी सूर्यवंशीकाे संयाेजकत्वमा २१ सदस्यीय अनेमसंघ टाेल कमिटी गठन भएकाे छ । कार्यक्रममा पार्टीको शुभचिन्तक, समर्थक र कार्यकर्ताहरुकाे सहभागिता रहेकाे थियाे ।
प्रतिक्रिया