भैरहवा । खराब मौषमको कारण देखाउदै भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल देखि बन्द भएको जजीरा एयरवेजको उडान आजबाट पुनः सुरु भएको छ । विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार कुबेतबाट बिहीबार बिहान सवा ७ बजे ६६ जना यात्रु लिएर आएको जजिराको विमान सवा ८ बजे ९३ जना जना यात्रु लिएर उडेको हो । जजिराले अब मंगलबार, बिहीबार र शनिबार गरि हप्तामा तीन दिन नियमित उडान गर्ने झा ले बताए ।
जेठ २ गते विमानस्थल उदघाटन सँगै सोही दिनबाट उडान सुरु गरेको जजिराले मौसमको कारण देखाउँदै पुस ६ देखि उडान रोकेको थियो । यस अघि जजिराले उडान सुरु गर्ने बिभिन्न मिति तोके पनि उडान भएको थिएन । भैरहवा बिमानस्थलबाट एउटा एयरलाइन्सको हप्ताको तीनवटा मात्र उडानले विमानस्थल दीगो रुपमा सञ्चालन हुन नसक्ने भन्दै व्यवसायीले अन्य एयरलाइन्सलाई आकर्षित गर्न नेपाल एयरलाइन्सले पनि उडान गर्नुपर्ने माग गरेका छन ।
बन्द भएको जजीरा एयरलाईन्सको उडानले यो क्षेत्र उत्साहित भए पनि यो प्रयाप्त नरहेको सोसाईटी फर नेपाल टुर्स एण्ड ट्राभल्स अपरेटरका लुम्बिनी प्रदेश अध्यक्ष सञ्जय बजिमयको भनाई छ । उनले जजीराले श्रमिकलाई मात्र लक्षित गरि उडान गरेकोले यहा पर्यटक लक्षित बिमानहरु उडान हुन आवश्यक रहेको बताए । “गुणस्तरिय पर्यटकका लागि नेपालकै ध्वजाबाहक संगै हिमालय, बुद्ध एयर लगायतले पनि यहाँबाट अन्र्तराष्ट्रिय उडान गर्नुपर्छ ।” बजिमयले भने “नेपाल–भारत, नेपाल–चाईना लगायत अन्य बौद्ध देशहरुमा भैरहवाबाट उडान भरे मात्र बिमानस्थलले सार्थकता पाउछ ।”
करिब ३५ अर्बको लागतमा निर्माण भएको बिमानस्थलको २०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले उदघाटन गरेका थिए । त्यसपछि अन्र्तराष्ट्रिय उडानको रुपमा जजीराले कुवेत–भैरहवा–कुवेत उडान सुरु गरेको थियो । सुरुमा उत्साहित जजीराले उडानको केही समयमा नै दैनिक उडान गरिरहेको थियो । तर त्यसको केही समयपछि बिभिन्न बहाना बनाउदै उसले पुनः सातामा ३ उडान गर्दै अन्ततः उडान नै बन्द गरेको थियो ।
अन्र्तराष्ट्रिय बिमानस्थलबाट बिदेशीको एयरलाईन्सले उडान भर्दा पनि खुशी हुनुपर्ने अवश्था नरहेको निजि क्षेत्रको भनाई छ । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानेले यहाबाट नेपालको राष्ट्रिय ध्वजाबाह बिमान र हिमालय एयरलाईन्सले उडान नगरे सम्म बिदेशी बिमानको भर पर्न नसकिने बताए । “बिदेशी एयरलाईन्सले एक पटक सुरु गरे बिचमा रोकेर फेरी सञ्चालन गरिदिएको भन्दै खुशी हुनु हाम्रो दुर्भाग्य हो ।” न्यौपानेले भने “नेपाल सरकार कहा छ, यसका सम्वद्ध निकाय कहा छ, राजनैतिक संयन्त्र कहा छ ? यस बिषयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।”
करिब ८ सय बिघामा फैलिएको गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलमा ३ किलोमिटरको रनवे रहेको छ । फोर ई क्याटेगरीको बिमानस्थलमा नवौं क्याटेगरीको दमकलहरु रहेका छन् । त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थल सरहको उडान र अवतरण हुन सक्ने यहा ४ वटा न्यारोबडी र १ वटा वाईडबडी गरि ५ वटा सम्म अन्र्ताष्ट्रिय जहाज पार्किङ्ग गर्न सकिन्छ ।
प्रतिक्रिया