ताजा अपडेट »

तिलोत्तमा ६ को सुन्दर टोल विकास समितिद्वारा सरसफाई

सोमबार, २२ फागुन २०७९

बुटवल । तिलोत्तमा नगरपालिकाले नगर सरसफाईको १०० औँ श्रृङ्खला मनाउन गइरहेको छ । नगरपालिकाले २५ गतेदेखि अभियान नै सुरु गरेको छ ।

यस्तै तिलोत्तमा नगरपालिका–६ को सुन्दर टोल विकास समितिले पनि शुक्रबारदेखि सरसफाइ अभियान सुरु गरेको छ । अभियान ३ दिनसम्म चल्ने छ । स्थानीय लगायत टोलका सबै मिलेर आफ्नो टोललाई सरसफाइ गरेको टोल विकास समितिका सचिव देवि न्यौपानेले बताए ।