तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा ४ डिङ्गरनगर स्थित सिद्धार्थ इङ्लिस बोर्डिङ स्कुलमा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । कक्षा ९ का विद्यार्थीको आयोजनामा सम्पन्न कार्यक्रम विधान श्रेष्ठको अध्यक्षता तथा प्राचार्य यम बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा एसईई परीक्षाको तयारीमा जुटेका विद्यार्थीलाई विद्यालका प्राचार्य यम बहादुर रानाले विद्यार्थीले यस क्षेत्रमै उत्कृष्ट नतिजा ल्याउने गरि विद्यालयले पठनपाठन सञ्चालन गरेकोले बाँकी रहेको समयको भरपूर फाइदा उठाउदै राम्रो ग्रेड ल्याइ उत्तीर्ण हुन सबैलाई शुभकामना दिए । कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक बावुराम खनाल, सहायक प्राचार्यद्वयले विद्यार्थीहरुलाई उत्प्रेरित गर्ने मनतव्य राखेका थिए ।
विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख शंकर पौड्यालले परीक्षामा कसरी मनोविज्ञानलाई बलियो बनाउन सकिन्छ भन्ने विषयमा अभिमुखिकरण गरेका थिए । कार्यक्रममा विद्यालयका तर्फबाट प्राचार्यद्वारा विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो । विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया