बुटवल । रूपन्देहीको तिलोत्तमा ५ शान्ति नमुना माविमा नेतृत्व विकास तथा उदघोषण तालिम सम्पन्न भएको छ । शनिबार पिक लुम्बिनी प्रदेशको आयोजनामा भएको सो तालिममा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो । देशमा रहेका सक्षम युवाहरू विदेश नजाउन् भन्ने उदेश्यले सो कार्यक्रम गरिएको आशिष ढकालले जानकारी दिए ।
आफुमा भएको सीप क्षमतालाई स्वदेशमै प्रयोग गरि युवाहरू आर्थिक क्षेत्रमा अब्बल होउन् भन्नका लागि कार्यक्रम प्रभावकारी हुने आयोजकको भनाइ छ । कार्यक्रममा केइसि, द राइजिङ, प्रेसिडेन्टल विजनेश स्कुलको आर्थिक सहयोग रहेको थियो । गत शनिबारबाट सुरू भएको तालिममा दिनेश खड्काले नेतृत्व विकास शिर्षकमा सहजीकरण गरेका थिए । त्यस्तै नेतृत्व कर्तामा हुनुपर्ने गुण र निष्कर्षका बारेमा आशिष ढकालले सहजीकरण गरेको र कार्यक्रमको बारेमा आषिक पन्थीले जानकारी दिएका थिए । त्यस्तै उद्घघोषणमा नविन गौतमले सहजीकरण गरेका थिए ।
कार्यक्रममा शान्ति नमुना मावि , कालिका मानवज्ञान मावि, अक्फोर्ड मावि, होराइजन कलेज , राममणी कलेज, गिर्वाण सरस्वती संस्कृत मावि र न्यु इन्भार्नमेन्ट माविका विद्यार्थीहरूको सहभागिता रहेको थियो । उत्कृष्ट विद्यालयको रूपमा होराइजन गौतम बुद्ध मावि, उत्कृष्ट प्रस्तुतिको रूपमा शान्ति नमुना मावि, अनुशासित विद्यार्थी निश्चल बस्नेत, उत्कृष्ट नेतृत्वमा विवेक पंगेनी छनौट भएका छन् । सहभागी सबैलाई शिल्ड मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियो । साथै कार्यक्रममा नयाँमिल डान्स एकेडेमीबाट नृत्य प्रदर्शन भएको थियो । सैद्धान्तिक र समापन कार्यक्रम शान्ति नमुना माबिमा भएको थियो भने प्रयोगात्मक क्रियाकलाप राममणी क्याम्पसमा गरिएको थियो ।
यस्ता खालका कार्यक्रमहरू आगामी दिनमा पनि भएमा प्रभावकारी हुने सहभागीले बताएका थिए ।कार्यक्रममा उत्कृष्ट प्रशिक्षकमा आशिष ढकाल नवीन गौतम र सागर बस्याल सम्मानित भएका थिए । आशिष ढकालको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन नवीन गौतमले गरेका थिए ।
प्रतिक्रिया