ताजा अपडेट »

सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति पार्टीको निर्णय

आइतबार, २१ फागुन २०७९

धनगढी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रदेशसभामा आइतबार मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै छन् । कांग्रेस संसदीय दलको नेतासमेत रहेका शाहलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएको हो । 

शाहलाई नागरिक उन्मुक्तिसहित माओवादी केन्द्रले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ । केन्द्रको राजनीतिक समीकरणले प्रदेशसमा पनि प्रभाव परेको हो । जसकारण मुख्यमन्त्री शाहले आइतबार विश्वासको मत पाउने सम्भावना बलियो छ ।