ताजा अपडेट »

देशभरका मत्स्य प्राविधिक भैरहवामा

शनिबार, २० फागुन २०७९

भैरहवा । देशका बिभिन्न निकायमा कार्यरत तथा सेवा निवृत भई सकेका समेत मत्स्य अधिकृतहरु भैरहवामा जम्मा भएका छन् । मत्स्य प्राविधिकहरुलाई एकजुट बनाई उनिहरुका हकहितमा काम गर्ने उद्देश्य सहित मत्स्य प्राविधिकहरुको भेला शनिबार भैरहवामा सम्पन्न भएको छ ।

भेलाले नेपाल मत्स्य प्राविधिक एशोसिएसन गठन गरि रमेश जैसवालको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सुभाष कुमार झा, महासचिव शोभाखर पाण्डे, सचिव सुरेश खडका, कोषाध्यक्ष तुल्सी जिरेल लाई मनोनित गरेको छ । यस्तै सदस्यहरुमा सुन्दरी कार्की, गोमा कंवर, सुनिता चन्द। लाक्पा रिदर भोटे सैचा, प्रेम बहादुर शाही, गणेश बहादुर थापा, महेश दत्त भट्ट र बिरेन्द्र यादव रहेका छन् ।

नेपालको प्राकृतिक जलाशयमा मत्स्य उत्पादन तथा कृत्रिम जलाशयमा मत्स्यपालन एवं सो सम्बन्धी सरकारी तथा गैर सरकारी मत्स्य प्राविधिक, अनुसन्धानकर्ता पेशामा संलग्न प्राविधिकहरुलाई संगठित गर्ने उद्देश्य सहित भेला आयोजना गरिएको भेला मूल आयोजक समितिका संयोजक रमेश जयसवालले बताए । नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कृषिको प्रमुख सहयोगी क्षेत्रको रुपमा रहेको मत्स्य क्षेत्रलाई प्रभावकारी तथा थप उत्पादनशील बनाउन यो एशोसिएसन लाग्ने उनले बताए ।

यसले मत्स्य प्राविधिकहरुको मर्यादा, वृत्तिविकास र सुनिश्चित भविष्य एवं पेशागत हकहित र उत्थानको पनि काम गर्ने जैसवालको भनाई छ । मत्स्य प्राविधिकहरु अहिले सम्म संगठित नभएको अवश्थामा धेरै समस्याहरु आईरहेको बताउदै उनले यस्ता यस्ता समाधानको प्रयास एशोसिएसनको पहिलो ध्येय रहेको जिकिर गरे ।