ताजा अपडेट »

प्युठानमा एमालेको ग्रास रुट अभियानमा सहभागी हुन जाँदा एकको मृत्यु

शनिबार, २० फागुन २०७९

बुटवल । नेकपा एमालद्धारा सञ्चालिन ग्रास रुट अभियानमा भाग लिन जाँदै गर्दा प्युठानमा एकजनाको दुर्घटनावाट मृत्यु भएको छ ।

 माण्डवि गाउँपालिका – ५ आपचौरमा जेसिबि र मोटरसाइकल ठोक्किएर दुर्घटना हुदाँ गोपाल थापाको मृत्यु भएको हो । प्रहरीका अनुसार बाटोमा काम गरिरहेको जेसीबीमा मोटरसाइकल ठोक्किदा ऐरावती –२ टिकुरी बस्ने गोपाल भनिने रामबहादुर थापाको मृत्यु भएको हो । सो मोटरसाइकलमा सबार कमला भुसाल भने घाइते भएकी छिन । घाइते भुसालको विजुवारस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

एमाले प्युठानका जिल्ला कमिटी सदस्य रहेका थापा र भुसाल ‘मिसन ग्रास रुट’ कार्यक्रमका लागि  रानिबगरमा आयोजना भएको वडास्तरिय कार्यक्रममा सहभागी हुन जाँदै थिए । उक्त घटना पछि एमालेले कार्यक्रम स्थगित गरेको छ ।