गुल्मी । गुल्मीको एक सडक पिच गर्ने कार्यमा चरम लापर्बाही भएको छ । जिल्लाको सदरमुकाम तम्घासबाट धार्मिक क्षेत्र रेसुङ्गा जाने सडक पिच गर्ने कार्यमा चरम लापर्बाही भएको हो । त्यस सडकमा खटिएका प्राविधिकहरुले गुणस्तरहिन काम गरेको भन्दै उपभोक्ता र सरोकारवाले बिहिवार निर्माण स्थलमै पुगेर आक्रोस पोखेका छन् ।
तम्घास रेसुङ्गा सडक नामकरण गरी २०७४ साल असार ३० गते १७ करोड १८ लाख ४९ हजार ३९० रुपैयाँ लागतमा सम्झौता भई पिच गर्ने जिम्मा पाएको थियो आशिष रामेछाप जेभिले । त्यसबाट निर्माणको जिम्मा पाएको हो रामेछाप कन्ट्रक्सन प्रालिले । तम्घासको खानीगाउँदेखि रेसुङ्गा महादेव पोखरीसम्म जम्मा ६ किलो मिटर पिच गर्ने जिम्मा पाएको त्यस निर्माण प्रालिले अहिले ६ वर्षसम्म पनि काम सम्पन्न गर्न सकेको छैन । ८० प्रतिशत कामको मुल्याङन देखाउँदै भुक्तानी भने १३ करोड ५२ लाख २८ हजार ६५२ ठेकेदारलाई दिलाई सकिएको सडक पुर्वधार विकास कार्यालय तम्घासले जनाएको छ ।
विभिन्न कारणले काम ढिला हुन गएकोप्रति सरोकारवाला असन्तुष्ट छैनन । तर निर्माण कार्य गु्णस्तरहिन भएको प्रति निकै आक्रोष पोखिएको छ । पिच गर्नका लागि तयार पारिएको बेसमा बिछाईएको प्राईम हात वा कुनै झिजोले कोट्उँदा बगरको बालुवा जस्तै हुने भएपछि उपभोक्ता र सरोकारवालाले आक्रोष पोखेका हुन ।
पिच गर्न सुरु गरेको सडक बगरको बालुवा झै देखिने तस्वीर सामाजिकसञ्चालमा आई सकेपछि जिल्ला समन्वय प्रमुख द्रोणबहादु्र खत्री, रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वजपन्थी, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकसहित अधिकांस सरकारी निकायका प्रमुख, जनप्रतिनिधीहरु र स्थानीय अगुवाहरु निर्माण स्थलको अनुमगन गर्न पुगेका थिए । अनुगमनमा पुग्दा ढल नाली पनि मापदण्ड अनुसार निर्माण नगरेको उपभोक्ताहरुको ठहर छ । माथी गर्जुराको डाँडाको भल उता रेसुङ्गाको वनतर्फ नपठाउने हो भने भोलीका दिनमा बाख्रेछेडा र तम्घास बजार सम्मका बासीन्दाले बर्षायामा जोखिम मोल्नु पर्ने देखिएको छ ।
सडक पुर्वधार विकास कार्यालय तम्घासले सुपरिवेक्षण गर्नु पर्ने, ठेकेदारबाट राम्रो काम लिई राज्यलाई गुणस्तरीय काम दिनु पर्ने दायित्व बोकेका त्यस कार्यालयका प्रमुख ईन्जिनियर सचितानन्द चौथरी उल्टै ठेकेदारको बचाउन गर्न थाले पछि केहि बेर सरोकारवाला आक्रोसित भए । उनलाई ठेकेदारबाट कमिशन खाई काम गरेको आरोप समेत लगाए । सडकको बेस कोट्याउँदै यहि हो काम ? भनेर झपारेका थिए ।
निर्माणको जिम्मा पाउने रामेछाप कन्ट्रक्सन प्रालिका प्रमुख बिरेन्द्र भुसाल भने गुणस्तरिय कामका लागि आफु्ले कुनै प्रकारको सम्झौता नगरेको बताउँदै थिए । उनले मापदण्डा अनुसारकै काम भईरहेको दाबी गर्दै थिए ।
अन्तिमा जिल्ला समन्व्य प्रमुख खत्री , मेयर पन्थी, प्रमुख जिल्ला अधिकारी पाठक , र माओवादी केन्द्रका नेता अशोक थापाले कार्यालय प्रमुख चौथरीलाई कडा चेतावानी दिदै कम्जोरी देखिएको ठाउँमा सच्चाउन सुझाउँदै फर्किएका थिए ।
यस्तो छ यो देशका निर्माण ब्यबसायीहरुको ढिलासुस्ती र लापर्बाही । ६ किलो मिटर सडक ६ बर्षमा पनि पिच हुन सकेन । भएको काम पनि गुणस्तरहिन । ठेकेदारबाट मापदण्ड अनुसारको काम लिनु पर्ने दायित्व बोकेका सरकारका प्रतिनिधी नै त्यसरी ठेकेदारको पक्ष लिन्छन भने सुध्रिएला यो देशको विकासको गति ? आफै बिश्लेषण गर्नुहोस र यसरी नै आ-आफ्नो ठाउँका विकासा निर्माणमा उपभोक्ताहरुले निगरानी बढाउनुहोस र खबरदारी गनुर्् होस भन्दै थिए अनुमनमा पुगेका उपभोक्ताहरु ।
तम्घासकै अगुवा समाज सेवी राजेन्द्र प्रसाद श्रेष्ठले त्यस सडक निर्माण कार्यको हविगत फेशबुकमा राखे पछि सदरमुकामका सरोकारवाला त्यहाँ अनुगमनमा पुगेका हुन ।
प्रतिक्रिया