ताजा अपडेट »

यूएईले नेपाललाई दियो २०८ रनको लक्ष्य

विहीबार, १८ फागुन २०७९
1 Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत बिहीबारको खेलमा घरेलु टोली यूएईले नेपाललाई २०८ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा जारी खेलमा यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनायो ।

टस हारेर पहिले ब्याटिङ गरेको यूएईका लागि ओपनिङ गरेका आसिफ खानले सर्वाधिक ७२ रन बनाउँदा  रोहन मुस्ताफाले अविजित ५२ रन जोडे । नेपालका लागिसन्दीप लामिछानेले ३,  करण केसी, आसिफ शेख र कुशल मल्लले एक एक विकेट लिए । नेपालले केहीबेरपछि जवाफी ब्याटिङ गर्दै छ ।