ताजा अपडेट »

पाल्पाको तिनाउमा एमालेको मिसन ग्रासरुट अभियान

बुधबार, १७ फागुन २०७९

बुटवल । नेकपा एमाले पाल्पा तिनाउ २ नम्बर वडा कमिटीले आयोजना गरेको मिसन ग्रासरुट कार्यक्रम बुधवारदेखि दोभानमा शुभारम्भ भएको छ । कार्यक्रममा प्रदेश कमिटीका सदस्य ओमबहादुर घर्तिमगरले मिसन ग्रासरुट अभियानमा पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक तथा समर्थकले गर्नुपर्ने कामका बारेमा प्रकाश पारेका थिए ।

सोही कार्यक्रममा युवा संघ,नेपपालका केन्द्रीय निर्वाचन आयोगका प्रमुख तुलबहादुर अधिकारीले मिसन ग्रासरुट अभियानले पार्टीको सुदृढीकरण र सदस्यता विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताए । एमाले तिनाउ गाउँ कमिटीका ईन्चार्ज दलबहादुर गुरुङले यो दुई महिने ग्रासरुट अभियानले नेता र कार्यकर्तासँगै समर्थक र शुभचिन्तकबीच सम्बन्ध सेतूको रुपमा काम गर्ने बताए । साथै पार्टी सदस्यता नवीकरण,नयाँ सदस्यता अभिवृद्धि र सबै जनवर्गीय संगठनको गठन,पुनर्गठनमा समेत अभियानले चासो दिने गुरुङले बताए ।

उक्त कार्यक्रममा पार्टीका नेताहरु गीता भट्टराई,अर्जुन रेग्मी, रामबहादुर कौशल,प्रेम श्रेष्ठ,चन्द्रबहादुर क्षेत्री,दिनेश थापा,विकास अर्याल,चूडामणि लम्साल ,लक्ष्मण कुमाल लगायतले ग्रारुट अभियानलाई जनताको घरदैलोसम्म पुर्याउन पहले गरिने बताए । साथै अभियानमा विकास निर्माण र पार्टीका बारेमा व्यापक छलफल गरिने नेकपा एमाले तिनाउ गाउँ कमिटीका अध्यक्ष रोमबहादुर लम्तरीले बताए । अभियान आउँदो चैत्र २६ गते समापन गरिने २ नम्बर वडा कमिटीका अध्यक्ष रामबहादुर थापाले जानकारी दिए ।