ताजा अपडेट »

रुपन्देहीको सुद्धोधनबाट साढे २० किलो गाँजासहित २ जना पक्राउ

बुधबार, १७ फागुन २०७९
1 Shares

बुटवल । रुपन्देहीको सुद्धोधन गाउँपालिका–१ चानापारबाट लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रन्यौराले विशेष सूचनाका आधारमा स्थानीय ३९ वर्षका मगरु मल्लाह र ३७ वर्षीय राकेश मल्लाहलाई पक्राउ गरेको हो ।

प्रहरीले मगरुको घरमा लुकाई छिपाई राखेको अवस्थामा १८ किलो २ सय ग्राम गाँजा बरामद गरेको छ भने सोही ठाउँका रामकेशको साथबाट २ किलो २ सय ग्राम गाँजा बरामद गरिएको जनाएको छ । दुबै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बुटवल पठाईएको ईलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख जीवन लामिछानेले जानकारी दिए।