ताजा अपडेट »

१ नम्बर प्रदेशको आज नामाकरण : एमाले काँग्रेसमा सहमती, अन्यदलको बिरोध रहँदा सुरक्षा व्यवस्था कडा

बुधबार, १७ फागुन २०७९

बुटवल । १ नम्बर प्रदेशको आज नामकरण तयारी भएको छ । नामाकरणका लागि नेकपा एमाले र काँग्रेस बीच सहमती भएपनि अन्य दलको असहमती रहँदा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । नामाकरण गर्नुअघि प्रदेश सभा भवन आसपास सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

एमाले र कांग्रेस र राप्रपा भौगोलिक पहिचानका आधारमा नाम राख्न तयार भएका छन् । मंगलवार बसेको संसदीय दलका नेताहरूको बैठकमा कोशी नाम राख्न ३ दल सहमत भएका एमालेका एक सांसदले बताए । अन्य दलले भने जातीय पहिचान जोड्नुपर्ने बताएका छन् । नेकपा माओवादी र एकीकृत समाजवादीले कोशी किराँत तथा किराँत सगरमाथा राख्नुपर्ने माग गरेका छन् । २ दलको संयुक्त बैठक बसिरहेको छ ।

प्रदेश सभामा नामको विषय प्रवेश पाउने भएपछि आन्दोलन हुनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । विराटनगर प्रवेश गर्ने नाकाबाटै सुरक्षा व्यवस्था कडा पारिएको मोरङ प्रहरीले जनाएको छ ।