ताजा अपडेट »

अवैध रुपमा ल्याइएको दश लाख बढीको औषधि बरामद

मंगलबार, १६ फागुन २०७९

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीबाट प्रहरीले भारतबाट अवैध रुपमा  लुकाई–छिपाई ल्याउँदै गरेको १० लाख २१ हजार चार सय बराबरको औषधि बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार विशेष सुराकीका आधारमा आइतबार बेवारिसे अवस्थामा औषधि बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको सादा पोसाकको प्रहरीको टोलीले सेगोप्लेक्स आठ सय १० थान, बोनभिटा एक हजार थान र न्युरोक्याक्स एक हजार ८० थान औषधिको पत्ता बरामद गरिएको प्रहरी नायब उपरीक्षक डाँगीले बताए । बरामद औषधिलाई भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।