ताजा अपडेट »

राष्ट्रिय युवासंघ रुपन्देहीमा नयाँ नेतृत्व

आइतबार, १४ फागुन २०७९

बुटवल । राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीको अध्यक्षमा बिकास जंग बस्नेत निर्वाचित भएका छन् । जिल्ला कमिटिको १३ औं अधिवेशननबाट बस्नेत निर्वाचित भएका हुन् ।

अधिबेशनले बस्नेतको नेतृत्वमा ८३ सदस्य कमिटी निर्वाचित गरेको छ । त्यस्तै उपाध्यक्षमा दिपक खड्की, सचिबमा दिपेश कडेंल, उप सचिबमा नवराज मल्ल, मधु श्रेष्ठ र कोषाध्यक्षमा नारायण थापा निर्वाचित भएका छन् ।