ताजा अपडेट »

जसपा सांसद रहमानको निधन

शनिबार, १३ फागुन २०७९

काठमाण्डौं ।  जनता समाजवादी पार्टी (जसपा) का सांसद सहनाज रहमानको निधन भएको छ ।

सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले उनको आज निधन भएको जानकारी दिएका हुन । उनका अनुसार सांसद रहमानको हृदयघातका कारण आज निधन भएको हो । केन्द्रीय सदस्य रहमान समानुपातिक सांसद थिइन ।

प्रतिनिधिसभा गठन भएपछि निधन हुने उनी पहिलो सांसद हुन ।