ताजा अपडेट »

बुटवल बहुमुखीमा स्ववियु निर्वाचनका लागि अखिल (क्रान्तिकारी) बाट शिव खवास सिफारिस

शनिबार, १३ फागुन २०७९

बुटवल । अखिल(क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पसले
स्ववियु निर्वाचनकाे लागि सभापति पदकाे उम्मेदवार टुङ्गाे लगाएकाे छ । मुल इकाई समितिको पाँचाै बैठकमा इकाई अध्यक्षकाे सिफारिस अनुसार स्ववियु सभापति टुङ्गाे लगाएकाे हाे ।

आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनकाे लागि लुम्बिनी प्रदेशको पहिलाे आङ्गिक तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आङ्गिक क्याम्पस बुटवल बहुमुखीमा शिव बहादुर खवास (सङ्गम) सभापति पदको उम्मेदवारको लागि सिफारिस भएका छन् ।

बैठकमा अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा निर्वाचन बिभाग प्रमुख अनुप पाेख्रेलले अखिल क्रान्तिकारी अन्य विद्यार्थी संगठनभन्दा फरक र बलियाे संगठन भएकाे बताउँदै बिगतमा पनि क्याम्पसलाई व्यबस्थित बनाउन अखिल क्रान्तिकारीकाे मख्य भूमिका रहेकाे बताए । त्यस्तै केन्द्रिय सदस्य तथा स्ववियु विशेष ईन्चार्ज टेकराज रेग्मीले स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीले विशेष र विद्यार्थीले प्रत्येक्ष लाभ लिने विषयलाई ऐजेण्डा बनाएर अगाडि बढे निर्वाचन जित्ने निश्चित रहेकाे बताए।

साेहि क्याम्पसकाे इकाई अध्यक्ष बिष्णु प्रसाद ज्ञवालीले निर्वाचनकाे संघारमा रहेकाे बताउँदै अब ढिला नगरी सम्पूर्ण विद्यार्थीहरुलाई कटिबद्ध भएर मैदानमा उत्रिन र निर्वाचनमा सबैले आफ्नो विषयगत ठाउँबाट सक्दो सहयोग गर्न निर्देशन समेत दिए।