काठमाण्डौं । नेकपा एमालेको सचिवालयको बैठक बस्दैछ । सहमति तोडेर नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको भोलीपल्ट एमालेको सचिवालय बैठक बस्न लागेको हो ।
एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार सचिवालय बैठकबाट गठबन्धनको भविष्यका बारेमा नयाँ निर्णय लिइनेछ । बैठक बिहान ९ बजे बस्दै छ । आजको बैठकले एमाले सरकारमा रहने वा नरहने बारे निर्णय गर्ने बताइएको छ ।
प्रतिक्रिया