काठमाण्डौं । मुलकको तेस्रो राष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहान १० बजे देखी दिउँसो ३ बजे भित्र राष्ट्रपतिका लागि उम्मेदवार मनोनयन हुने कार्यतालिका सार्वजनिक गरिएको छ । जसअनुसार अन्तराष्ट्रिय सम्मेलन केन्द्रलाई मनोनयन गर्ने स्थल तोकिएको छ ।
शुक्रवार साँझ आठ दल बीच भएको सहमति अनुसार नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने सहमति भए पनि उम्मेदवार भने अझै चयन भएको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग नयाँ गठबन्धन कायम गरेर राजनीतिक परिस्थिति बदलिएपछि नेकपा एमालेले राष्ट्रपति निर्वाचन बारे आजै निर्णय गर्दै छ । सचिवालय बैठक बोलाएर निर्णय लिने उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।
प्रतिक्रिया