ताजा अपडेट »

राष्ट्रपतिमा काँग्रेसलाई समर्थन गर्ने सत्तारुढ दल माओवादीसहित ८ दलको समहती

शुक्रबार, १२ फागुन २०७९

काठमाण्डौं । राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेसलाई समर्थन गर्ने ८ दल बीच सहमती भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा लगायत दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार साँझ बसेको बैठकले कांग्रेस उम्मेदवरालाई ससमर्थन गर्ने निर्णय गरेको नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि भोलि शनिबार उम्मेदवार मनोनयन गर्ने कार्यसूची छ ।