काठमाडौँ । साहुको ऋणले घर बस्न नसक्ने अवस्था भएर विदेश जान लागेका गुल्मीका ३७ बर्षिय बैकुण्ठ सुनारलाई दलालले उल्टै तीन लाख रुपैया ऋण थपिदिएको छ । नेपालमा राम्रो कमाइ नहुने यता साहुको ऋणको ब्याज दिनदिनै वढने हुनाले ऋण तिर्नकै लागि बैकुण्ठले बिदेशिने विकल्प रोजे साथीभाइ सँग सल्लाह गर्दा काठमाडौको सुकेधारामा रहेको मार्स मेनपावरबाट बालकृष्ण कार्कीले पठाउने कुरा थाहा पाए ।
बालकृष्णको नम्बर पत्ता लगाएर कुरा गर्दा दुवै भिजिटमा पठाएर राम्रो काम लगाईदिने र कमाइ पनि राम्रो हुने बताए । बालकृष्णले दुइलाख रुपैया लिएर काठमाडौ आउन भने त्यसै अनुसार गाउका तिनजना साथिहरु मिलेर २०७८ साउन महिनामा दुई दुइ लाख लिएर काठमाडौ आए । काठमाडौ आइसकेपछि बालकृष्णले तिनै जनालाई मार्स मेनपावरमा वोलाएर जनहि दुई दुई लाख रुपैया लिए ।
पैसा दिई मेडिकल गरेर उनिहरु गाउँ फर्के केही महिना पछि बैकुण्ठका दुइजना साथीहरुको भिसा लागेर दुवै उडे तर बैकुण्ठको काम भएन । उनको काम नभएपछि उनलाई साउदिमा राम्रो डिमाण्ड आएको र त्यहि गर्न भनी वालकृष्णले सम्झाए । साहुको ऋण तिर्न र परिवारका लागि थोरै भएपनि खुसि ल्याउन बिदेश जानू बाहेक अरु बिकल्प बैकुण्ठ सँग थिएन अन्तत साउदि जाने निर्णय गरे र बालकृष्णलाई साउदि नै लगाइदिनु भने । त्यसपछि २०७८ पुसमा उनको साउदिको भिसा लाग्यो र उनी साउदि उडे ।
साउदिमा उनको सप्लाई कम्पनी पर्यो ६ महिना काम गरिसकेपछि काम चलेन करिव ४ महिना साउदिमा त्यतिकै बसि २०७९ मङ्सिरमा उनी लगायत उनिसँगै गएका १७र१८ जना साथीहरु नेपाल फर्के । पछि कुरा गर्दा उनिहरुलाई पठाएका बालकृष्णले पैसा फिर्ता दिने कुरा गरे । फर्केर आएका कसैले मेनपावर वाट बाट चेक लिएर गए तर बैकुण्ठलाई दिइएन । केही समय पछि पासपोर्ट वनाउन भन्दै १५ हजार रुपैया दिए । १५ दिन पछि एक लाख दिने भनेर बालकृष्णले बैकुण्ठलाई वचन दिए तर त्यो १५ दिन सकियो महिना गयो ,पैसा दिनुको साटो साटो म्यासेज नै रिप्लाई नहुने भएपछि बैकुण्ठ उज्यालो नेटवर्क को सम्पर्कमा आए । हामीले बालकृष्ण लाई सम्पर्क गर्दा दुइचार दिनमा मिलाउने भने तर धेरै दिन बित्यो समस्या समाधान भएन ।
हामीले मार्स मेनपावरका सञ्चालक प्रकाश बोहोरालाई पनि सम्पर्क गर्यौ । उनले उल्टै निज बैकुण्ठलाई फ्रि भिसामा पठाएको पैसा नलिएको दावि गरे । तर यता बालकृष्णले पैसा मेनपावरले लिएको बताउछन । बालकृष्णका अनुसार साउदिबाट फर्किएका अरुले मेनपावरबाट चेक लगेर गएका थिए तर चेक नसाटिएर बाउन्स गरेका छन । मेनपावर र उक्त मेनपावरको एजेन्टका कुराले ती युवाहरु आजित बनेका छन । उता ऋणको ब्याज बढेको बढै हुदा ठूलो समस्या परेको उनिहरु बताउछन । एक बर्ष अगाडि पनि उक्त मार्स मेनपावरले पैसा र पासपोर्ट लिएको तर काम नगरिदिएको पैसा फिर्ता माग्दा भोलि भोलि भनी झुलाएकोले मिडिया लगेर तीन युवाले पैसा र पासपोर्ट फिर्ता लिएका थिए ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ अनुसार ऐनको दफा १० बमोजिम वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतपत्र नलिई कुनै व्यक्तिले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा, कसैलाई वैदेशिक रोजगारीमा लगाइदिन्छु भनी झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई वैदेशिक रोजगारीमा लगाई दिने उद्देश्यले कुनै रकम लिएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जाना बापत असुल गरी त्यस्तो व्यक्तिलाई ३ लाख रुपैया देखी ५ लाख सम्म जरिवाना र ३ वर्षदेखी ७ वर्षसम्म कैद हुनेछ।
त्यस्तै दफा ४४ मा कुनै इजाजतपत्रवाला मेनपावरले झुठो आश्वासन दिई कसैलाई वैदेशिक रोजगारमा लगाइदिनेछु भनी झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई कुनै रकम लिई विदेश नपठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम भराई त्यस्तो इजाजतपत्रवालालाई ३ लाख रुपैया देखी ५ लाख सम्म जरिवाना र ३ वर्षदेखी ७ वर्षसम्म कैद हुनेछ र त्यस्तो इजाजतपत्रवालाको इजाजतपत्र समेत रद्द हुनेछ।
्
र, दफा ५७ मा त्यस्तो कसूर गर्ने पदाधिकारी वा कर्मचारी पहिचान भएकोमा त्यस्तो पदाधिकारी वा कर्मचारीलाई र सो पदाधिकारी वा कर्मचारी पहिचान हुन नसकेकोमा कसूर हुँदाका बखत त्यस्तो संस्था प्रमुख भई काम गर्ने व्यक्तिलाई सजाय हुनेछ। निज बालकृष्ण कार्कीले उल्लिखित कानूनी व्यवस्थाको ध्वजी उडाउँदै सयौ युवालाई ठगीरहेका छन्। निजका विरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दर्ता गर्ने पिडित युवाहरूले वताएका छन्।
प्रतिक्रिया