ताजा अपडेट »

'राष्ट्रपतिमा विदेशीको सिफारिस चल्नु लज्जास्पद'

विहीबार, ११ फागुन २०७९

काठमाडौं, ११ फागुन । नेकपा एमालेका नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीहरुले सिफारिस गरेको देख्दा लज्जा भएको बताएका छन् । बिहिवार सामाजिक सञ्जालमार्त रावलले देश र जनताका लागि छलफल गरेको भए जनतालाई राहात हुन्थ्यो तर त्यो नगरेको पनि बताएका छन ।
 

‘पदका लागि शीर्ष नेताहरूले जति छलफल गरेका छन् त्यसको आधा समय देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुन्थ्यो कि ?’ रावलले भनेका छन्, ‘नेताहरूले राष्ट्रिय राजनीतिलाई यस्तो तहमा झारिसके अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्नथाले । लज्जास्पद र निन्दनीय ।’