ताजा अपडेट »

गण्डक नहरमा दुई छोरासहित हाम फालेकी महिला मृत फेला

बुधबार, १० फागुन २०७९

परासी । पश्चिम नवलपरासीको गण्डक नहरमा दुई बच्चासहित हाम फालेकी महिलाको शव भेटिएको छ । नहरमा हाम फालेको स्थान भन्दा एक सय मिटर तल दुवै छोरालाई सलले बाँधेको अवस्थामा तिनै जना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपि भोजराज पाण्डेयले जानकारी दिए ।

हिजो मङ्गलबार दिउँसो २ बजे तिर सुस्ता गाउँपालिका–२ हरकपुरास्थित गण्डक नहरमा सोही वडाको महलबारी बस्ने २९ वर्षिया प्रतिमा थारूले ९ वर्षिय छोरा क्रिश र ७ वर्षिय सुमितलाई काखमा लिएर हाम फालेकि थिईन् । उनको जनपथ र शसस्त्र प्रहरीको टोलीले खोजि गरी मृत अवस्थामा फेला पारेको हो । ति महिलाको मानसिक सन्तुलन सामान्य नरहेको प्रहरीले जनाएको छ । उनका श्रीमान् वैदेशिक रोजगारमा छन् । उनी दुई छोरा र शासुसँग बस्दै आएकी थिईन् ।