ताजा अपडेट »

बुटवलबाट क्रिकेट खेल्न सुरु गरेका देव बने नेपाल यू-१९ राष्ट्रिय टोलीको कप्तान

बुधबार, १० फागुन २०७९

बुटवल । नेपाल यू–१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा देव खनाल नियुक्त भएका छन् । यसअघि यू–१९ क्रिकेट टोलीको कप्तानी सम्हालेका गुलशन झा यूएईमा हुने विश्व क्रिकेट लिग टू अन्तर्गतको सिरिजका लागि सिनियर टोलीसँग जाने भएपछि देवलाई कप्तान जिम्मेवारी दिइएको क्यानले जनाएको छ ।

यू–१९ छनोट प्रतियोगिता फागुन १२ देखि यूएईमा सुरु हुनेछ । नेपाली टोली बुधबार त्यसतर्फ जानेछन् । नेपालसहित कतार, हङकङ, मलेसिया, सिङ्गापुर, कतार, हङकङ, मलेसिया र आयोजक यूएई सम्मिलित प्रतियोगिताको पहिलो खेलमा नेपालले सिङ्गापुरसँग फागुन १२ गते प्रतिस्पर्धा गर्नेछ ।

गत डिसेम्बरमा युएईमा भएको यू(१९ एसिया कपमा देव खनालले नेपाली टिमको नेतृत्व गरे। एसिया कपमा उनले तीन खेलमा कूल ५५ रन जोडेका थिए। त्यसअघि उनले यू-१९ राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल देखाए। बुटवलका खनालले आफ्नो कप्तानीमा लुम्बिनीलाई यू(१९ राष्ट्रिय प्रतियोगिताको च्याम्पियन बनाए। प्रतियोगितामा सर्वाधिक रन जोड्ने ब्याट्सम्यान बन्ने क्रममा उनले कूल ३३४ रन बनाए।

नेपाली क्रिकेटको आशा गरिएका ब्याट्सम्यानको रूपमा हेरिएका देव नेपाल आएको भने चार वर्ष मात्र भयो। त्यसअघि उनी परिवारसँगै भारतको नयाँ दिल्लीमा बस्थे। दिल्लीको क्रिकेट वातावरणमा हुर्किएका उनले १३ वर्षको उमेरदेखि एकेडेमीमा गएर क्रिकेट सिक्न थालेका थिए। नयाँ दिल्लीको आरपी क्रिकेट एकेडेमीमा देव उत्कृष्ट खेलाडी खेलाडीको रूपमा रहँदै एकेडेमीको टिममा समेत परेका थिए। जसका कारण उनले एकेडेमीको टिमबाट उमेर समूहका प्रतियोगितामा खेल्न सफल भए।

एकेडेमीमा रणजी ट्रफी खेल्ने खेलाडी पनि आउने भएकाले आफ्नो क्रिकेटस्तर बढेको देवको भनाइ छ। कहिलेकाहि भारतको राष्ट्रिय टिमका विकेटकिपर ब्याट्सम्यान रिशव पन्त पनि उनकै एकेडेमीमा आएर अभ्यास गर्थे। भारतमा क्रिकेटको क्रिकेट वातावरणमा हुर्किएका देव सन् २०१७ मा नेपाल फर्किए। उनको परिवार बुटवलमा घर बनाएर स्थायी रूपमा बस्न थालेपछि देव त्यहाँ स्थानीय प्रतियोगिता खेल्न थाले।

दिल्लीमा बसे पनि उनलाई नेपाली क्रिकेटबारे भने थाहा थियो। समाचारमार्फत नेपाली क्रिकेट पछ्याउथे, आफ्ना आदर्श पारस खड्काको खेल हेर्थे। सन् २०१४ मा नेपालले टी(२० विश्वकप खेल्दा उनले नेपाली क्रिकेटबारे अझ धेरै जान्ने अवसर पाए। बुटवलबाट क्रिकेट भविष्य खोजिरहेका देवले गत वर्ष प्रधानमन्त्री कपको छनोटमा प्रशिक्षकको ध्यान खिच्न सफल भए। जसका कारण लुम्बिनीले उनलाई सिनियर टिममा समावेश गर्‍यो।

प्रधानमन्त्री कपमा उनले आकर्षक सर्ट खेल्दै सबैको मन जिते। प्रधानमन्त्री कपमा उनले बागमतीविरूद्ध २६ रन, सूदूपश्चिमविरूद्ध ९ रन र नेपाल पुलिस क्लबविरूद्ध ४९ रन जोडेका थिए। प्रधानमन्त्री कपमा गरेको प्रदर्शनले उनी राष्ट्रियस्तरमा चिनिन सफल भए। प्रधानमन्त्री कपकै प्रदर्शनले उनलाई एभरेस्ट प्रिमियर लिग ९इपिएल० टिम चितवन टाइगर्सले आबद्ध गर्‍यो। चितवनमा आबद्ध हुनुलाई उनले अवसरको रूपमा लिएका थिए।