बुटवल । ब्राईट स्कुल सफ्टवेयरले चितवन भरतपुरमा सेमिनार गर्ने भएको छ । ब्राईट अफिस सिस्टम्स प्रालिले उत्पादन गरेको ब्राईट स्कुल सफ्टवेयरबारेमा जानकारी गराउनका लागि सो कार्यक्रम गरिएको प्रालिका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण गौतमले जानकारी दिए ।
सेमिनार फागुन १२ गतेदेखि सुरु हुने छ । यो सफ्टवेयरहरु बिद्यालय तथा क्याम्पसमा प्रयोग हुने छ । भरतपुर गाडेन रिसोर्टमा हुने सेमिनारमा सरकारी तथा संस्थागत बिद्यालयका प्रधानाध्यापक र लेखापाललाई बिद्यालयमा टेक्नोलोजी प्रयोग कसरी गर्ने भन्ने बारेमा सहजीकरण गराइने छ।
विद्यालयलाई कसरी डिजिटल गराउने बिद्यालय, अभिभाबक , शिक्षक, विद्यार्थीलाई कसरी कनेक्ट गर्ने भनेर सिकाइने प्रालिका प्रमुख प्राविधिक अधिकृत सुमन गौतमले जानकारी दिए ।
प्रतिक्रिया