बुटवल । रुपन्देही प्रहरीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई १९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको साविक बसन्तपुर गाविस वडा नम्बर ९ हाल ओमसतिया गाउँपालिका–४ का ४६ वर्षिय श्रीराम हरिजन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले बताए ।
तत्कालित पुनरावेदन अदालत बुटवल, रुपन्देहीको २०६० वैशाख १० गतेको फैसलाअनुसार कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय भइ फरार रहेका हरिजनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता अर्यालले बताए । प्रहरीले हरिजनलाई उनकै घरमा फेला पारेपछि पक्राउ गरेको हो ।
फैसला कार्यान्वयनको सिलसिलामा उनलाई रुपन्देही जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइएकोमा कैद भूक्तानको लागी जिल्ला कारागार कार्यालय भैरहवा पठाइएको रुपन्देही प्रहरीले उनले बताए ।
प्रतिक्रिया