काठमाडौं, ८ फागुन । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ ।
संस्थाको फागुन १९ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान साढे १० बजेबाट सुरु हुनेछ ।
सभामा यस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र ६.०५२ प्रतिशत नगद (कर सहित) गरी कुल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
प्रतिक्रिया