काठमाण्डौं । राष्ट्रपति चयन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न सरकार नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार आज सोमबार दिउँसो ४ बजे बैठक पेरिसडाँडामा बस्दैछ ।
फागुन २५ गते हुने राष्ट्रपति चुनावका विषयमा केन्द्रित भएर छलफल हुने यादवले बताए । आइतबार साँझ कांग्रेसमा शीर्ष नेताहरुले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटार पुगेर छलफल गरेका थिए । कांग्रेसले राष्ट्रपतिमा सहयोग माग्दा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते शनिबार उम्मेदवारी दर्ताको कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया