ताजा अपडेट »

फिटनेश हबले खोल्यो दोस्रो शाखा तिलोत्तमामा

आइतबार, ०७ फागुन २०७९

बुटवल । तिलोत्तमा ३ स्थित शान्ति चोकमा फिटनेश हबले दोस्रो शाखाका रुपमा अत्याधुनिक व्यायामशाला संचालनमा ल्याएको छ । आइतबार रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठले नयाँ शाखाको उद्घाटन गरेका थिए । उद्घाटनमा बोल्दै अध्यक्ष श्रेष्ठले रुपन्देहीमा फिटनेस प्रति सबैको रुचि बढेसंगै जिम सेन्टरहरु धमाधम खुलिरहेको बताए ।

रुपन्देही जिल्लाले शारीरिक सुगठन खेलमा राम्रो पकड बनाउँदै गएको उनले बताए। पहिलो शाखा बुटवल कालिकानगरमा ३ वर्ष पूरा भएसँगै दोस्रो शाखा आइतबारबाट शुभारम्भ गरिएको उनले बताए । नेत्र बहादुर थापाको नेतृत्वमा पहिलो शाखा कालिकानगरमा लोकेश थापा, विनोद थापा, पुरन कार्की मिलेर खोलेका थिए । करिब डेढ करोड लगानीमा ३ हजार ५ सय स्क्वायर फिट क्षेत्रफलमा पूर्वाधार तयार गरिएको लोकेश थापाको भनाइ छ ।

खेलप्रेमीहरु लोकेश थापा, विनोद थापा, नेत्र थापा, पुरन कार्की, विशाल थापा र आकाश शाह, सुनिल ज्ञवालीको टीमको लगानीमा रहेको छ ।पहिलो शाखामा कार्डियो विशेष थियो भने नयाँ शाखामा जुम्बा क्लास स्पेशल रहेको हबका व्यवस्थापक पुरन कार्कीले बताए । रुपन्देहीका जीममा जुम्बा र कार्डियो मात्र गरिदै आएकोमा अहिले क्रसफिटका रुपमा नया भित्राएको उनले बताए । तालिम प्राप्त प्रशिक्षकहरु विशाल थापा, आकाश शाहले तालिम दिने उनले बताए ।

जीम हाउसको ७० जनाले एकैपटक एक्ससाइज गर्न सक्ने क्षमता रहेको छ । गृहिणी महिलासँगै कार्यालयको काममा व्यस्त हुनेहरुलाई लक्षित गरी थोरै समय निकालेर व्यायाम गर्न सके स्वस्थ्य बन्न सकिन भएकाले पनि यसमा आकर्षण बढ्दै गएको उनले बताए ।पहिलो शाखामा कार्डियो विशेष थियो भने नयाँ शाखामा जुम्बा क्लास स्पेशल रहेको हबका व्यवस्थापक पुरन कार्कीले बताए । रुपन्देहीका जीममा जुम्बा र कार्डियो मात्र गरिदै आएकोमा अहिले क्रसफिटका रुपमा नया भित्राएको उनले बताए । तालिम प्राप्त प्रशिक्षकहरु विशाल थापा, आकाश शाहले तालिम दिने उनले बताए ।

जीम हाउसको ७० जनाले एकैपटक एक्ससाइज गर्न सक्ने क्षमता रहेको छ । गृहिणी महिलासँगै कार्यालयको काममा व्यस्त हुनेहरुलाई लक्षित गरी थोरै समय निकालेर व्यायाम गर्न सके स्वस्थ्य बन्न सकिन भएकाले पनि यसमा आकर्षण बढ्दै गएको उनले बताए ।