ताजा अपडेट »

बुटवलमा जारी लन टेनिसको पहिलो दिन १६ खेल सम्पन्न

शनिबार, ०६ फागुन २०७९

बुटवल । प्रथम मेयर कप तथा पाचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता–२०७९ को पहिलो दिन १६ खेल सम्पन्न भएका छन् । ३५ प्लस मेन्स सिंगल समूहमा सन्तोष खत्रीले नवीन श्रेष्ठलाई ६–२, ६–१, निरज थापाले अनिल सेन्चुरीलाई ६–१, ६–१, अनिल शाहीले सबर मियालाई ६–१, ६–०, सन्जय प्रकाश श्रेष्ठले विकास गुरुङलाई ६–०, ६–०, लक्ष्मण तामाङले चुम बिक्रम शाहलाई ६–३, ६–४, राजन पौडेलले सोम रानालाई ६–०, ६–०, सिमान्त गुरुङले प्रकाश राज वाग्लेलाई ६–१, ६–२ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

मेन्स सिंगलतर्फ आशिष खड्काले सम्भव बिक्रम शाहलाई ६–४, ६–३, प्रितम परियारले प्रमोद थापालाई ६–०, ६–०, निशान श्रेष्ठले निहालजंग थापालाई ७–६, ६–४, ६–४, विष्णु नेपालीले देवासिस राउलेलाई ६–२, ६–१, सन्तोष खत्री निजेश महर्जनलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गरेका छन् । यसैगरि ४५ प्लस मेन्स सिगलमा विश्वास थापाले विष्णु प्रसाद चापागाईलाई ५–७, ६–२, ११–९, मनोज नेपालले सुनिल श्रेष्ठलाई वाकओभर, माधव भण्डारीले रामु बिकलाई ६–३, ६–१, नबिन चालिसेले मनोज ढुगानालाई ६–०, ६–० को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।

यसैगरि ३५ प्लस मेन्स डबल्समा अर्जुन गुरुङ र सोम रानाको जोडीले राज गुरुङ र प्रकाशराज वाग्लेको जोडीलाई ६–४, ६–३, अनिल सेन्चुरी र चुम बहादुर शाहको जोडीले सबर मिया र शेषमणी चौधरीलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।