काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तरगत नेपाल र नामिबिया बिचको खेल सुरु भएको छ ।
किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ ।
हिजो नेपालले स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो । त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गरेको थियो।
लिग-२ मा शीर्ष तीनमा परेर विश्वकप छनोटमा पुग्न नेपालका लागि एक महिनाको बीचमा तीन वटा एकदिवसीय त्रिकोणात्मक सिरिजका १२ खेल खेल्दैछ। जसमा सुरुवाती दुई खेलमा नेपाल विजयी भएको छ।
प्रतिक्रिया