ताजा अपडेट »

तिलोत्तमा ६ मा उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी तालिम

शुक्रबार, ०५ फागुन २०७९

बुटवल । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी तालिमको सुरु भएको हो । वडा नम्बर ६ को आयोजनामा शुक्रबारदेखि ७ दिने सो तालिम सुरु भएको हो ।

तालिमको सुरुवात गर्दैै वडाध्यक्ष गणेश पाठकले वडावासीहरुले निर्धकका साथ आफुलाई लागेका कुरा भन्न सकुन र जस्तो प्रकारको नेतृत्व लिनका लागि पनि वडाका महिला दिदि बहिनीहरुलाई सक्षम बनाउनका लागि कार्यक्रमको आयोजना स्वंयम् वडाले नै गरेको बताए । यस्तै वडा सदस्य पूर्णप्रसाद आचार्यले विभिन्न तालिम गर्ने तयारीका साथ वडा अघि बढेको र यस प्रकारका तालिम अवदेखि निरन्तर रुपमा गरिरहने बताए।

साथै उनले यो तालिम लिए पछि व्यवहारमा लागु गर्न सबै प्रशिक्षार्थीलाई सुझाव दिए । वडा सदस्य सिता खनाल गौतमले यस्ता तालिमहरुमा महिला दिदि बहिनीहरु सबै सहभागि हुनु पर्ने र अहिले सहभागि हुन नपाएका दिदि बहिनीहरुलाई पुनः अर्को कार्यक्रममा सहभागि गराइने बताइन् । तालिममा ३० जनाको सहभागिता रहेको छ ।