ताजा अपडेट »

भैरहवामा शुक्रबारबाट दोश्रो राष्ट्रपति रनिङ्ग शिल्डको छनौट प्रतियोगिता

विहीबार, ०४ फागुन २०७९

भैरहवा । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको लागि भैरहवाबाट प्रतिनिधित्व गर्ने टिमको छनौट गर्न शुक्रबारबाट भैरहवामा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता हुने भएको छ । सिद्धार्थनगर नगर पालिकाको कार्यालयले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताबारे जानकारी दिएको छ ।

फागुन ५ गते देखि ७ गते सम्म चल्ने उक्त प्रतियोगितामा नगरका सामुदायिक र संस्थागत गरि ३० वटा बिद्यालयबाट १ हजार २ सय ६० जना बिद्यार्थी खेलाडीले सहभागीता जनाउने नगरपालिकाकी उप–प्रमुख उमा अधिकारीले जानकारी दिईन । प्रतियोगितामा छात्र–छात्रा तर्फ भलिबल, कबड्डी, एथलेटिक्स र मार्शल आर्ट खेल हुने छन् । एथलेटिक्स अन्तर्गत छात्रा तर्फ एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय, तीन हजार, चार हजार एक सय, चार हजार चार सय मिटर रिले दौड हुने उप–प्रमुख अधिकारीले बताईन । यस्तै, छात्र तर्फ एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय, तीन हजार, चार हजार एक सय, चार हजार चार सय मिटर रिले दौड हुँदैछ ।

त्यस्तै छात्रा तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ९८ सय ग्राम०, सटफुट ९८ पाउन्ड० र छात्र तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ९८ सय ग्राम०, सटफुट ९१२ पाउण्ड० पनि खेल हुने बताइएको छ । यस्तै मार्शल आर्ट अन्र्तगत तेक्वान्दो खेलको छात्रा तर्फ अन्डर ४२ केजी, ४४ केजी, ४६ केजी र छात्रतर्फ अन्डर ४५ केजी, ४८ केजी, ५१ केजी तौल समूहका खेलाडी सहभागी हुने अधिकारीले बताईन ।

नगरमा सामुदयिक, निजी, धार्मिक गरेर कुल ७२ वटा विद्यालय छन् । यसमध्ये अहिलेसम्म ३० विद्यालय सहभागी निश्चित भएको नगर प्रमुख इश्तियाक अहमद खानले बताए । उनले तल्लो तहका विद्यार्थी खेलमा सहभागी हुन नसक्ने भएकाले धेरै विद्यालय सहभागी नभएको जस्तो देखिए पनि सहभागिता राम्रो भएको जनाए ।

जम्मा ३६ विधामा हुने उक्त प्रतियोगिता भैरहवास्थित पक्लिहवा माविको खेल मैदानमा हुने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज पौडयालले बताए । उक्त प्रतियोगिता नगरपालिकाले दोस्रोपल्ट गर्न लागेको हो । प्रतियोगिता सम्पन्न गर्न १२ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको भनाई छ । प्रतियोगतामा प्रथम हुने टिम र खेलाडीलाई राष्ट्रपति रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाण पत्र, द्वितिय र तितृय विजेतालाई ट्रफी, मेडल, प्रमाण प्रदान गरिने पौडयालले बताए ।