ताजा अपडेट »

सुरुङमार्गको युग सुरु

आइतबार, २० पुस २०७६

पुस २०,

काठमाडौँ । मुलुकको सडक यातायातलाई सहज र सुलभ बनाउन सुरुङ मार्गको युग सुरु भएको छ । हाल एउटा सुरुङ मार्गको निर्माण कार्य सुरु भएको छ भने अन्य ६ वटा सुरुङ मार्गको अध्ययन सकिएको छ ।

त्यसैगरी एउटाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । बाँकी पाँचवटाको प्रारम्भिक अध्ययन भइरहेको छ । नेपालको सडक यातायात प्रणालीलाई आधुनिकीकरण गर्न सुरुङ मार्गको अध्ययन तीव्र पारिएको छ । जुन गतिमा अध्ययन भइरहेको छ तर त्यही गतिमा निर्माण कार्य भने सुरु भइसकेको छैन । समृद्धि र विकासलाई तीव्रता प्रदान गर्न सरकारले सुरुङमार्ग निर्माणमा जोड दिएसँगै मुलुकको यातायात सुरुङ युगमा प्रवेश गर्न लागेको भनाइ सरकारको छ । नागढुङ्गादेखि सिस्नेखोलासम्म सुरुङमार्गको निर्माण कार्य सुरु भइसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक ४ गते नागढुङ्गादेखि सिस्नेखोलासम्म सुरुङमार्गको शिलान्यास गरेका थिए । अहिले त्यहाँ काम भइरहेको छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।