ताजा अपडेट »

सांसद चन्द्र भण्डारीलाई एयर एम्बुलेन्समार्फत मुम्बइ लगियो

विहीबार, ०४ फागुन २०७९

काठमाडौं । ग्यास सिलिण्डर विस्फोबाट घाइते भएका नेपाली कांग्रेस सांसद डा।चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि मुम्बइ लगिएको छ। श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् भारतको मुम्बईस्थित नेसनल स्किन वर्न अस्पताल उपचारका लागि लगिएको हो।

उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि कृतिम स्वासप्रश्वास दिएर त्यसतर्फ लगिएको हो। उनीसँगै ६ जनाको मेडिकल टिम पनि गएको छ। क्रिटिकल केयर हेड डा।प्रदीप तिवारी,एनेस्थेसिया क्रिटिकल केयर डा।वृहस्पति,फ्लाइट डाक्टर इएमएस रोसन शर्मा,प्यारामेडिक्स इआर दिनेश राई,सागर महर्जन र राज तामाङ गएका हुन्।

बुधबार राती आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। घाइते आमा छोरा दुवैजनालाई कीर्तिपुरस्थित कीर्तिपुर वर्न अस्पताल भर्ना गरिएको थियो। आमाको भने आज विहान निधन भएको छ ।