ताजा अपडेट »

राष्ट्रपतिद्धारा केन्द्रिय आयुर्वेद विद्यापिठ अस्पतालको भवन उदघाटन

बुधबार, ०३ फागुन २०७९

दाङ । राष्ट्रपति विद्यादेवी भण्डारीले  केन्द्रिय आयुर्वेद विद्यापिठ तथा शिक्षण अस्पतालको भवनको उट्घाट्न गरेकी छन् ।

नेपाल संस्कृत विश्वविद्यालयको दाङ तुलसीपुरको बेलझुण्डीस्थित आयुर्वेद शिक्षण अस्पतालको नव निर्मित भवनको राष्ट्रपति भण्डारीले  एक कार्यक्रमका बिचमा उद्घाटन गरेकी हुन ।

हालै उदघाटित भवनमा ३ तला र १ सय ८ कोठाहरु छन् । आयुर्वेद विएएम्एस्‌को पठनपाठन भइरहेको उक्त अस्पतालमा विभिन्न व्याचका २ सय १५ जना विद्यार्थी अध्ययनरत छन् ।

नेपाल सरकार, विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट भवन निर्माण भएको हो ।  ०७० असार १७ गते २४ करोड ७२ लाख ८३ हजार लागतमा सुरु भएको उक्त भवन २०७४ असार मसान्तमा निर्माण सम्पन्न भए पनि औपचारिक उदघाटन भने भएको थिएन ।