गुल्मी । बिस/बाइस उमेरकी युवतीलाई एउटा फोन आउँछ । घर कहाँ हो झापा। यता ती युवतीको घर थियो गुल्मी । पहिलो फोनपछि त सम्पर्क बाक्लिदै गयो । दुबै एक-अर्काप्रति आशक्तहुँदै गए । फोनको आवाजले मात्रै मन सम्हाल्न गार्हो भयो । अन्ततः फेसबुकमा एक-अर्काको फोटो देखाउन सुरु भयो ।
फेसबुक र फोनको माध्यमबाट झाँगीएको उनीहरु बीचको सम्बन्ध यति सुमधुर बन्यो कि खाने, बस्ने, हिड्ने, सुत्ने सबै कामका लागि एक अर्कामा अनुमति मागेर मात्रै अघि बढ्ने आदत बस्यो । उनीहरु बीच दिन/रात माया प्रेम र दिनचर्याका बारेमा कयौं पटक कुरा भैरन्थ्यो । यसरी एक अपरिचित व्यक्तिसँग फोन वार्ताहुँदै फेसबुकमा पुगेर फोटो साटासाट गरि गहिरो माया प्रेममा परेकी युवतीको चालढाल फरक देख्दै गएपछि परिवारले पनिशंका गर्न थाल्यो । किनकी ती युवती विवाहित थिइन् । उनका श्रीमान विदेश थिए ।
युवतीको परपुरुषसँग सम्बन्ध रहेको बुझेपछि घरकाले 'अर्कैसँग सल्केकी छ' भनेर विदेश भएका श्रीमालाई कुरा पुर्याइदिए । त्यसपछि उनलाई उहीँ फोन र फेसबुके प्रेमीसँग टाप कस्नु सिबाय अर्को विकल्प भएन। 'म आउँदैछु' भनेर युवतीली झापाली प्रेमीलाई फोन गरिन् । उता प्रेमीले त पलपल उनैको प्रतिक्षा गरिरहेका थिएनै । हर्षबिभोर भएर प्रतिक्षा गरेर बसे । यता प्रेमिका चढिन तम्घासबाट बस। ओर्लिइन झापा ।
फोनबाटै लोकेशन सोध्दै पुगिन घरमा । को हो त प्रेमी ? पक्कै उनै फोटोका मान्छे हुन । मुस्कुराइन तिनै फोटोवालासँग । उफ जिन्दगी । फोटोवाला त फोनमा लभ गर्नेको माइलो छोरा पो रैछ्न् । चार/पाँच भाई छोरा/छोरी । नाति नातिना थुप्रै । श्रीमतिको मृत्युपछि जोडि खोजेका ६० वर्षीय उनले बल्ल प्रेमिकासँग असली रुप देखाए । के बस्नु थियो र ति पित्री पल्टिन थालेकासँग । उनी फर्किन थालिन । तर उनले खुस्किनै दिएनन्।
जबर्जस्ति राखे बुढाले एउटा छोरी पनि जन्माइ हाले । यसै बीचमा १७ महिनापछि छोरी बोकेर फर्किन गुल्मी । याताआए पछि मलाई खोजे आफन्तले । अदालतमा मुद्दा पनि दिएका रैछ्न ।
बोलाएको ठाउँ तम्घास चिदिचौरमा म पुगे । उनी र उनकी छोरीको भविष्यर्ला ख्याल गर्दै मुहार छोप्न लगाएर क्यामरा तेर्साए । करिब १५ मिनेट कुरा भयो । भरै तिर समाचार आउछ है भनेर हिँडे । केही बेरपछि फोन आयो । उता फोन गरेछ्न् पत्रकार बोलाइम भनेर । त्यसपछि उनी तत्त्काल आफू अदालत आएर सम्बन्ध बिच्छेद गर्ने प्रतिबद्धता जनाउदै समाचार रोक्न भनेछ्न । त्यसपछि मलाई पो के खाचो । भिडियो मेरो मोबाईल मै छ।
आज प्रेम दिवसको अवसरमा यसो त्यही भिडियो हेरे र हाँसो उठ्यो । हाँसो मात्र होइन घम्भीर पनि बनायो । फोन र फेसबुकमा लभ। त्यस माथि हाइन्सम छोराको फोटो देखाएर ठिटी पटाउने ती साठी बर्षियले अर्काको घर जलाए । उता केही दिन अघि बेहे एउटा सङ्ग सुहागरात अर्कै सङ्ग्को स्टोरी भाइरल भैरहेकोछ ।
अनेकन रोचक घटना आउछ्न म कहाँ । यति धेरै कुरा मिडियामा आउछ्न र पनि मानिसहरु किन सचेत हुन्नन ? भन्ने सोच्दै म यति बेला सिमलटारीमा छु। नामै प्रेम भएकोले मेरो यो दिवसमा सबैलाई शुभकामना अनि सचेत रहन आग्रह पनि गर्दछु ।
प्रतिक्रिया