ताजा अपडेट »

सुदुरपश्चिमको मुख्यमन्त्री शाहले बढाए भेटघाट, काठमाडौंमा देउवा देखी रेशमलालसँग भेटघाट

सोमबार, ०१ फागुन २०७९

काठमाडौं । सुदूरपश्चिम प्रदेशको सरकारमा हालै नियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले राजनीतिक सक्रियता र भेटघाटलाई तिब्रता दिएका छन ।

मुख्यमन्त्री नियुक्त भए लगत्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई कैलालीस्थित निवासमा भेटघाट गरेका शाहले काठमाडौं आउने बितिक्कै हिजाे बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन ।

सरकार निमार्णमा सहयोग गरे पनि २७ पुसमा विश्वासको मत नदिएको नागरिक उन्मुक्तिका कारण सुुदुरपश्चिमा एमाले नेतृत्वको सरकार एक महिनामा ढलेको थियो । एमाले सरकार ढले पछि ठुलो दलका नाताले मुख्यमन्त्री भएका शाहले मुख्यमन्त्रीकाे सपथ लिन पाएका ५न ।  हिजाे उन्मुक्ति पार्टी सभापति श्रेष्ठलाई भेटघाट गरेर उनका पति तथा पुर्व सांसद रेशमलाल चौधरीलाई रिहा गर्ने आश्वासन दिएका थिए । 

कैलालीमा सो आश्वासन दिएका मुख्यमन्त्री शाहले डिल्लीबजारस्थित सदरखोरमा पुगेर रेशमलाल चौधरीसँग पनि भेटघाट गरेका छन । भेटघाटकाे पुर्ण  बिबरण भने सार्बजनिक भएकाे छैन ।