भैरहवा । लोकतान्त्रिक विद्यार्थी संघ भैरहवा बहुमुखी क्याम्पस इकाई कार्यसमितिको संयोजकमा जैनुद्दिन देवान मनोनयन भएका छन् । देवानको संयोजकत्वमा १७ सदस्यीय इकाई कार्यसमिति गठन गरिएको छ ।
समितिमा रोशन मिश्रा, अमन बनिया, दिपक गुप्ता, अशोक यादव, ईरफान फकिर, कृष्ण गुप्ता, शुभम बढई, ममता पाण्डे, निकिता यादव, अनिषा यादव, सुप्रिया जयसवाल, सुमन धवल, अस्मिता धवल, सपना मल्लाह र विजय प्रकाश यादव रहेका छन् । भैरहवामा आयोजित एक कार्यक्रममा देवानको संयोजकत्वमा ईकाई समिति गठन गरिएको हो ।
गठन प्रक्रियामा केन्द्रिय विद्यार्थी प्रतिनिधि रामकिसुन नायक, पार्टी तर्फबाट नगर अध्यक्ष बसि अहमद, विद्यार्थी नेता रोशन मिश्रा, अमन बनिया, दिपक गुप्ता, कृष्ण गुप्ता, इरफान अलि फकिर, सुभम बढइ, ममता पाण्डे, सुप्रीया जयसवाल, अशोक यादव र सुमन धवल लगायत सहभागी रहेका थिए ।
प्रतिक्रिया