भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १४ मा रहेको श्री दु्र्गा संस्कृत बेदबेदाङ्ग बिद्यापिठमा ३ दिने गुरुकुल स्तरिय शास्त्रीय प्रतिष्पर्धाको आयोजना गरेको छ । नेपालका बिभिन्न गुरुकुलमा अध्ययन गर्ने बिदार्थीहरुलाई लक्षित गरि शास्त्रीय प्रतिष्पर्धाको आयोजना गरिएको आयोजकले बताएका छन् ।
दु्र्गा संस्कृत बेदबेदाङ्ग बिद्यापिठका प्राधानाचार्य नारायण प्रसाद भट्टराईले २६ औ गुरु परमानन्दको स्मृतिमा दु्र्गा संस्कृत बेदबेदाङ्ग बिद्यापिठले गुरुकुल स्तरिय शास्त्रीय प्रतिष्पर्धाको आयोजना गर्दै आएको बताए । संस्कृत बाङमयको प्रचार प्रसार गर्न एवम संस्कृत अध्ययन गरिरहेका छात्रहरुमा संस्कृत प्रति रुचि बढाउन प्रतियोगिताको आयोजना गरिएको उनको भनाई छ । यस संगै बिद्यार्थीहरुलाई शास्त्रका अत्याधिक अधिकार प्राप्तीमा पनि प्रतियोगिताले सहयोग गर्ने उनको भनाई छ । दु्र्गा संस्कृत बेदबेदाङ्ग बिद्यापिठको आयोजनामा प्रत्येक बर्ष आयोजना हुने यो प्रतिष्पर्धामा यस पटक नेपालका बिभिन्न ५५ गुरुकुलका गरि २ सय ५० जनाको सहभागीता रहेको छ ।
फागुन १ गते सम्म सञ्चालन हुने प्रतियोगितामा ४ बिधामा प्रतिष्पर्धा गराउने बिद्यापिठका प्रधानाचार्य भट्टराईले जानकारी दिए । पहिलो दिन ब्याकरण शलाका परिक्षा र सुत्रान्याक्षरी गराईने दोश्रो दिन धातुरुप कण्ठपाठ र शब्दरुप कण्ठपाठ गराईने भट्टराईले बताए । यस्तै प्रतियोगिताको अन्तिम दिन बिजयी सहभागीहरुलाई पुरस्कार वितरण तथा बिद्वान संस्कृतविद्हरुको सम्बोधनको कार्यक्रम रहेको छ । तिलोत्तमा १४ मा २०५६ साल बैशाख १४ गते स्थापना भएको दु्र्गा संस्कृत बेदबेदाङ्ग बिद्यापिठमा ९५ जना बिद्यार्थीहरु निशुल्क रुपमा आवासीय अध्ययन गरिरहेको प्रधानाचार्य भट्टराईले जानकारी दिए । बिद्यालय १२ कक्षा सम्म सञ्चालनमा रहेको छ ।
प्रतिक्रिया