ताजा अपडेट »

मन्त्री नियुक्तिको बिषयलाई लिएर रापप्रामा असन्तुष्टि, रुपन्देहीकालाई बाईपास गरेको आरोप

आइतबार, २९ माघ २०७९

भैरहवा । लुम्बिनी प्रदेशमा भएको मन्त्रीमण्डल बिस्तारलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला स्तरिय नेताले नै असन्तोष जनाएका छन् । राप्रपाले कपिलवस्तुका जानकाी प्रसाद यादवलाई मन्त्री बनाएपछि पार्टीका रुपन्देहीका कार्यवाहक अध्यक्ष अजय कुमार गुप्ताले सामाजिक सञ्जाल मार्फत असन्तुष्टि पोखेका छन् ।

रुपन्देही १(१) बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता आशिष चौधरी संसदीय दलका नेता समेत हुन् । अन्य पार्टीले संसदीय दलका नेतालाई मन्त्रीपरिषद्मा पठाउदा राप्रपाले कपिलवस्तुका यादवलाई मन्त्री बनाएकोमा कार्यवाहक अध्यक्ष गुप्ताले असन्तुष्टि पोखेका छन् । राप्रपाले लुम्बिनी प्रदेश भरी प्राप्त गरेको मतको करिब २७ प्रतिशत मत रुपन्देहीबाट मात्रै पाएको, बहालवाला गृहमन्त्री पराजित गरि पार्टीको शाख जोगाई जिल्लालाई महत्वपूर्ण स्थानमा राखेका भए पनि रुपन्देहीलाई केन्द्र एवं प्रदेश दुबै सरकारको मन्त्रीमण्डलमा सहभागिता नहुदा रुपन्देहीबासीलाई दुखी तुल्याएको गुप्ताले सामाजिक सञ्जालमा गुनासो गरेका छन् ।

गुप्ताले खुशी पार्ने प्रवृति तथा ईष्र्याका कारण रुपन्देहीलाई बाईपास गरिएका समेत आरोप लगाएका छन । “यस्तो प्रवृतिले पार्टी चल्दैन, बहुसंख्यक सबैको भावना जनमतको कदर गरिनुपर्दछ ।” गुप्ताले लेखेका छन्“केन्द्र देखि प्रदेश सम्म संसदिय दलको नेताको लागि प्रतिस्पर्धा या चयन हुने एवम संसदिय दलको नेताको नेतृत्वमा सरकारमा जाने चलन छ ।” गुप्ताले लेखेका छन् “यदाकदा अपेक्षा गरेको पद एव स्थान एव मर्यादा नपुग्दाको अवस्थामा मात्र पार्टीले बिकल्पको रुप्मा दोश्रो दर्जाको नेता पठाउने चलन छ ।”

उनले पार्टीबाट भएको त्रुटिको गम्भिरताको साथ मूल्यांकन गरिनु पर्ने आवाज उठाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा राखिएको उक्त सामाग्री आफ्नो निजि बिचार भएको बताउदै उनले अन्तितमा मनोनित मन्त्रीलाई बधाई समेत ज्ञापन गरेका छन् ।गुप्ताको भनाईमा राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले मन्त्री छनोटमा प्रदेशले समन्वयकारी भुमिका मात्र निभाएको टिप्पणी गरेका छन् । लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने सदस्यको बारेमा राप्रपा लुम्बिनी प्रदेशको तर्क के ? भन्ने सामाजिक संजालमा गरेकोे प्रश्नमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

पार्टीको आन्तरिक बिषय र पत्रद्वारा ध्यानाकर्षण पत्र पठाईसकेको अवस्थामा सामाजिक संजालमा यस्तो बिषय आउनु उपयुक्त नभएको जिकिर गर्दै उनले बहुमत माननीयहरूको निर्णयद्वारा यादवलाई मन्त्री बनाएको उल्लेख गरेका छन् ।