ताजा अपडेट »

मासिक पारिश्रमिक विद्यालयलाई दिने एमाले सांसद सुर्य थापाको घोषणा

शनिबार, २८ माघ २०७९

काठमाडौं। प्रतिनिधिसभा सदस्य सूर्य थापाले पहिलो महिनाको पारिश्रमिक प्यूठानको एक विद्यालयमा अक्षयकोष स्थापनाका लागि दिएका छन ।

मल्लरानी गाउँपालिका-२ चुँजा, प्युठानमा अवस्थित अमर माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनाका लागि सो पारिश्रमिक दिएको सांसद थापाले घोषणा गरेका हुन् । बिद्यालयको स्वर्ण महोत्सव सहभागी सांसद थापाले सो घोषणा गरेका हुन् । 

थापाले पार्टीलाई बुझाउने लेबी र कर कट्टीपछि बचेको पारिश्रमिक विद्यालयलाई उपलव्ध गराउने बताए । विद्यालयले उक्त रकमबाट आवश्यकता अनुसारको अक्षयकोष स्थापना गरेर सदुपयोग गर्न थापाले आग्रह गरे ।