गुल्मी। शुक्रबार दिनैभरी गुल्मीको सदरमुकाम तम्घास बजारका गुल्मीको सदरमुकाम तम्घासका अधिकांश नेवार समुदाय बजारमा देखिएन्न । उनहरु बिहानै उठेर पुख्र्यौली घर अर्घाखाँचीको छत्रदेव गाउँपालिका ८ को अर्घातोष स्थित स्टादेवको मन्दिरमा पुगेका थिए । इष्टदेव अर्थात भिमसेनको मन्दिरमा पुगेका हुन । नेवार समुदायले भिमसेन देवतालाइ आफ्नो समुदायको इष्टदेवका रुपमा पुज्ने गर्छन ।बिहानैदेखि अर्घातोषको हटिया बजार बेहुली सिङ्गारिए झै सिघारिएको थियो । डेढ दुई वर्ष पछि त्यहाँ पुग्नेहरुका लागि अर्घातोषको हटिया चोकको भिमसेन मन्दिरको स्वरुप पनि फेरिएको थियो।
निकै पुरानो ब्यापारिक केन्द्र हो अर्घातोष । जहाँ नेवार समुदायको बसोबासले कुनै समयको एउटा गाउँ बजारिकर्णले ठुलै सहर जस्तो बनेको थियो । त्यस माथी ऐतिहासिक पबित्र स्थल छत्रदेव महाराजको कोट जसलाई उल्का देवता भनेर गुल्मी, अर्घाखाँचीसहित छिमेकी जिल्लावासीले मान्ने गर्छ्न र बिशेषत बैशाख पुर्णिमाको दिन त्यहा भक्तजनको बढी भिड लाग्छ । त्यस्तो थलोलाइ शुन्य पारेर पछिल्लो चरण त्यहाँका नेवार समुदाय गुल्मी विभिन्न शहरलाइ कर्म थलो बनाएर बसेका छ्न। जसका कारण कुनै समय हबेली मानिएका अर्घातोषका घर र ती पसलहरुमा ताला लागेकोछ। उनिहरुको घर त थो त्रिदै गएको थियो नै साथमा आफ्नो इष्टदेवको भिमसेन मन्दिर समेत जिर्ण बनेको देखे डेढ वर्ष अघि विभिन्न शहरबाट कुनै चाडमा घर आएका नेवार समुदायका अगुवाहरुले ।
अन्त्तत आफ्नै समुदायबाट रकम उठाइ प्यागोडा शैलीको भिमसेन मन्दिर पुनर्निर्माण गर्ने निर्णय गरे । फल स्वरुप दुई बर्ष पछि उप्त मन्दिर बन्यो र बिहीवार उद्घाटन गर्न गुल्मी सहित विभिन्न स्थानका अर्घातोषे नेवार हरु शुक्रवार त्यहाँ पुगेका हुन । मन्दिरको अर्घातोषका नेवारहरुका बरिस्ठ समाज सेवि मान बहादुर श्रेष्ठले उद्घाटन गरे । साथमा अर्घाखाँचीका जिल्ला समन्वय प्रमुख जिबनारायण कोइराला , सन्धिखखर्क नगरपालिका मेयर कृष्ण प्रसाद श्रेष्ठ , प्रमुख जिल्ला अधिकारी मिना अर्याल , , विभिन्न पालिकाका जनप्रतिनिधि र सरकारि निकायका प्रमुखहरु पनि थिए । उद्घाटन पछि मन्तब्यका क्रममा ती अतिथिहरुले अर्घातोषका नेवार समुदाय बाट अरुले पनि सिक्नु पर्ने धारणा राखे । दुई सय बर्ष अघि पुर्खाहरुले स्थापना गरेको त्यो मन्दिर यस अघि तीन पटक र यसपालो पुरातात्त्विक र आधुनिक शैलिमा पुनर्निर्माण गरिएको समितिका उपाध्यक्ष राजकुमार श्रेष्ठले बताए ।
यस अवसरमा उनिहरुले नेवारी कला संस्कृती प्रस्तुत गरे भने अतिथिहरुलाइ खानपिन पनि नेवारी नै गराए । मन्दिर निर्माणामा सबै भन्दा ठूलो राशी सहयोग गर्ने ब्यक्ती हुन अर्घातोष पुर्खेयौली घर भै गुल्मी तम्घासमा बस्ने मान बहादुर श्रेष्ठ । जसले ११ लाख ११ हजार ११ सय ११ रुपैयाँ सहयोग गरे । उनी पछि हाल भैरहवा बस्ने बालकुमार श्रेष्ठका छोरा धिरेन्द्र श्रेष्ठले ३ लाख ७५ हजार तम्घास बस्ने मृगेन्द्र श्रेष्ठले २ लाख ७५ हजार सायोग गरे । उनिहरु सहित तीन देखि सवा लाख सम्म सहयोग गर्ने दर्जनौं सहयोगदातालाइ मन्चमै सम्मान गरिएको थियो ।
नेवार समुदायका १२५ जना बाट ६९ हजार ७० हजार २८० संकलन गरि भिमसेन मन्दिर निर्माण गरिएको र १ लाख ५४ हजार ८४० रुपैयाँ बैंकमा मौजाद रहेको मन्दिर पुनरनिर्माण समितिका आर्थिक संयोजक हरिकुमार श्रेष्ठले जानकारी दिदै
ढेड बर्ष अघि निर्माण समिती गठन गर्दा सचिव रहेका पुर्ण कुमार श्रेष्ठ सहित केही ब्यक्तिहरुको मृत्यु भएकोमा दुख ब्यक्त गरे ।
कार्यक्रममा नेवाखलाका केन्द्रीय सहसचिब राजेन्द्र प्रसाद श्रेष्ठले नेपाल एकीकरण ताका पृथ्वी शाहको बिपक्षीमा रहेका नेवार समुदाय भागेर देशका विभिन्न भागमा छरिएका र आफ्ना पुर्खा पनि काठमाडौबाट अर्घातोष आएको अताए । मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष चन्द्रमान श्रेष्ठले उप्त भिमसेन मन्दिरको स्थापना पनि साढे दुई सय बर्ष पुरानो भएको बताए । छत्रदेव गाउँपालिका अध्यक्ष समेत रहेका श्रेष्ठले मन्दिरमा अरु थप कुरा गर्न बाकी रहेकोले पूरा गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश समितीका उपसभापति भुवन प्रसाद श्रेष्ठले नेपाल सम्बत र नेवारी भाषा आम नेपालीको भएकोले गर्व गर्नु बताए । उनले भने - नेपाल सम्बत धेरै पुरानो र आम नेपालिहरुको हो । बिक्रम सम्बत त भारत बाट आएर राज गर्बेहरुले भारत कै बिक्रमादिब्य राजको नाम बाट राख्न थालेका हुन । त्यस्तै नेवारी भाषा पनि आम नेपालीको हो, यस बाट गर्व र संरक्षण गरौ ।
हाम्रो पुर्खा हाम्रो पौरख, नेवारी कला संस्कृती र सम्पदा हाम्रो गौरव मुल नारा रहेको कार्यक्रमा व्यबहार पनि अर्घातोषे नेवार समुदायले त्यस्तै देखाए र देखाउदै आएका छन अनि भबिश्यमा पनि देखाउदै जानेछ्न । व्यापार, ब्यबसय वा रोजगारीका लागि चरी झै जता उडे पनि तपाईं पनि अर्घातोषे नेवार झै आफ्नै गुडमा फर्किन नभुल्नुहोस है भन्ने सन्देश दिन्थ्यो त्यस कार्यक्रमको दृश्यले ।
प्रतिक्रिया