बुटवल । साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाल पराजित भएको छ। बिहीबार घरेलु टिम बंगलादेशसँग ३-० गोलले पराजित भएसँगै नेपाल उपविजेतामै सीमित भएको हो ।
पहिलो हाफमा २-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप एक गोल खायो। खेलको ४२ मिनेटमा नेपालले पहिलो गोल खायो। बंगलादेशका लागि रिपाले पहिलो गोल गरेकी थिइन्। पहिलो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा कप्तान सुनहरले बंगलादेशको अग्रता दोब्बर पारेकी थिइन्।
यस्तै खेल सकिन तीन मिनेट बाँकी छदा बंगलादेशले तेस्रो गोल गर्यो। फ्रिकिक बलमा उन्नोती खातुनले तेस्रो गोल गर्न सफल भएकी थिइन्। यसअघि नेपालले आफ्नो निर्णायक खेलमा भारतलाई ३-१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
लिग चरणमै नेपाललाई बंगलादेशले ३-१ गोलले हराएको थियो। यस्तै नेपालले भुटानलाई ४-० गोलले पराजित गरेको थियो।
प्रतिक्रिया