ताजा अपडेट »

आफ्नै साथीको फेक आईडी खोली युवाहरुबाट रकम असुल्ने युवती पक्राउ

बुधबार, २५ माघ २०७९
1 Shares

काठमाण्डौं । आफ्नै साथीको नाममा विभिन्न सामाजिक सञ्जालमा खाता खोलेर रकम अशुल्ने गरेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको रामधुनी गाँउपालिका–४ घर भई काठमाडौं नयाँबस्ती बस्ने २० वर्षीया युनिसा भन्ने स्वस्तिका श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

युवतीले फेसबुक, इन्स्ट्राग्राम जस्ता सामाजिक संजालहरुको दुरुपयोग गरी अष्ट्रेलियामा रहेकी साथीको नाममा फेक फेसबुक एकाउन्ट खोली पीडितको फोटो, स्टाटस अपलोड गरी केटा साथीहरुलाई म्यासेन्जर मार्फत विभिन्न बहानामा आफ्नो बैंक तथा ईसेवा वालेटहरुमा रकम पठाउन लगाई ठगी गरेको आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले युवतीलाई पक्राउ गरेको हो । उनी उपर विद्युतीय कारोवार कसूर अन्तर्गत आवश्यक अनुसन्धान एवं कारवाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटि काठमाडौं पठाइएको छ ।