ताजा अपडेट »

दैनिक एक मुठ्ठी बदाम खानुहोस्, पाउनुहुनेछ नसोचेका यी १५ फाइदा

शुक्रबार, १८ पुस २०७६

बदाम (Peanuts)मा आइरन, क्याल्सियम, भिटामिन, जिंक, नियासिन, फोलेट जस्ता पोषक तत्व पाइन्छ । पोषण विशेषज्ञ डा. संगिता मालुका भन्छिन्, ‘दैनिक एक मुठ्ठी बदाम खाने हो भने कैयन फाइदा मिल्छ ।’ आउनुस् आज हामी दैनिक एक मुठ्ठी बदाम खाँदा पाइने स्वास्थ्यसम्बन्धी १५ फाइदाबारे जानकारी दिँदैछौं ।

१. बदाममा फ्याटी एसिड पाइन्छ । यसले वजन बढाउन मद्दत गर्छ ।

२. यसमा पर्याप्तमात्रामा प्रोटिन हुन्छ । जसले मशल्स बनाउने तथा यसलाई मजबुद् बनाउन र यसको ग्रोथ बढाउने काम गर्छ ।

३. बदाममा भिटामिन, मिनरल, एन्टिअक्सिडेन्ट तथा इनर्जीको मात्रा पर्याप्त हुन्छ । हरेक दिन बिहान एक मुठ्ठी बदाम खाने हो भने दिनभरका लागि उर्जा प्राप्त हुन्छ ।

४. बदाममा रहेको पोलि फिनालिक एन्टिअक्सिडेन्टले पेटको क्यान्सरको खतरा कम गर्छ ।

५. बदाममा भिटामिन E को मात्रा पर्याप्त हुन्छ । यसले छाला र कपाललाई स्वस्थ बनाउन र यसमा चमक ल्याउन मद्दत गर्छ ।

६. बदाममा पोटाशियम, कपर, क्याल्सियम, म्याग्निसियम, आइरनजस्ता पोषक तत्व हुन्छ । सोही कारणले यसले शारीरिक प्रणालीलाई मजवुद् बनाएर रोगसँग लड्ने क्षमता बढाउन मद्दत गर्छ ।

७. अनुसन्धानहरुबाट पुष्टि भइसकेको छ कि दैनिक बदाम खानाले पित्त थैलीको पत्थरी २५% सम्म कम हुन्छ ।

८. बदाममा पर्याप्त मात्रामा म्याग्निज हुन्छ । जसका कारण यसले शुगर लेभलाई कन्ट्रोल गर्न र मधुमेहबाट बच्न सघाउँछ ।

९. यसमा नायसिन नामक तत्व पनि पाइन्छ । जसले मस्तिष्कलाई स्वस्थ बनाउन र स्मरण शक्ति बढाउन मद्दत गर्छ ।

१०. बदाममा सोडियम कम मात्रामा हुन्छ, त्यसैले दैनिक बदाम खानाले ब्लड प्रेशर कन्ट्रोल हुन्छ ।

११. यसमा एन्टिअक्सिडेन्ट पर्याप्त पाइन्छ । जसले बढ्दो उमेरको असरलाई कम गरेर लामो समयसम्म योङ्ग देखिन मद्दत गर्छ ।

१२. बदाम खानाले मस्तिष्कमा केही यस्ता क्याल्सियम पुग्छन्, जसले डिप्रेशनको खतरा कम गर्छ ।

१३. यसले ब्लड प्रेशर कन्ट्रोल गर्नेमात्र होइन, हार्टअट‍्याकको खतरा पनि टार्छ ।

१४. बदाममा पाइने क्याल्सियमले हड्डीलाई मजबुद् बनाउन सघाउँछ ।

१५.  बदाममा पर्याप्त मात्रामा आइरन पाइन्छ । जसले रगत बढाउन सहयोग गर्छ ।

ख्याल गर्नुहोस्,

बदामको दानामा हुने भित्री बोक्रामा रहेको केमिकलले प्रोटिनलाई राम्रोसँग काम गर्न दिँदैन । त्यसलै बदामको दानामा हुने भित्री बोक्रा (जुन दानासँग पातलोगरी जोडिएको हुन्छ)लाई हटाएर तलको चित्रमा देखिनेजस्तै बनाएर खानुहोस् ।- एजेन्सी