बुटवल । नेपाल नगरपालिका कर्मचारी एशोसियसन केन्द्रीय समितिले लुम्बिनी प्रदेशसहित ४ प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । कर्मचारी एशोसियसनले आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीसहित मधेश प्रदेशका सनोजकुमार यादव, कर्णाली प्रदेशका रामकुमार शर्मा र प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई सम्मान सहित ध्यानाकर्षण गराएको हो ।
संगठनले केन्द्रीय समितिको दोश्रो बैठकले प्रदेशका नवनियुक्त मुख्यमन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामनासंगै स्थानीय तहमा कार्यरत कर्मचारीहरु पेशागत सवाल र लामो समयदेखि वृति बिकासमा देखिएका समस्यका समाधानका लागि आग्रह गर्ने निर्णय अनुसार ४ वटा प्रदेशका मुख्यमन्त्रीलाई कर्मचारीहरुका समस्याका बारेमा जानकारी गराएको महासचिव सितुप्रुसाद श्रेष्ठले जानकारी दिए । सातौ प्रदेशका मुख्यमन्त्रीलाई एकै दिन ध्यानाकर्षण गराउने कार्यक्रम रहे पनि गण्डकी, सुदुपश्च्मि र बाग्मती प्रदेशका मुख्यमन्त्रीलाई प्राविधिक कारणले आइतबार कर्मचारीका समस्याका बारेमा ध्यानाकर्षण गराउन नसकिए र केही दिन भित्रमा नै ती प्रदेशका मुख्यमन्त्रीहरुलाई सम्मान तथा बधाई सहित कर्मचारीका समस्याका बारेमा ध्यानाकर्षण गराउने महासचिव श्रेष्ठले बताए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै महासचिव श्रेष्ठले राज्य संयन्त्रबाट साविक स्थानीय तहमा कार्यरत कर्मचारी विभेदको सिकार हुनु परेको गुनासो गरे । लामो समय स्थानीय तहमा जनप्रतिनिधि रिक्तता हुदां होस वा देशमा चलेको सशस्त्र द्वन्द्वका अबस्थामामा समेत जनताको घरदैलोको सरकारको अनुभुति दिन सफल साविक स्थानीय तहका कर्मचारीहरुलाई संघीय र केही प्रदेश सरकारहरुले कानुन निमार्ण गर्दा काखापाखा गरेको नमिठो अनुभव आफुहरुले गर्नु परेको उनले सुनाए ।
लुम्बिनी प्रदेशमा कर्मचारीका लागि आगामी दिनमा बन्न लागेका कर्मचारी व्यवस्थापन सम्बन्धित कानुनमा स्थानीय तहका कर्मचारीहरु न्यायोचित व्यवस्थापन गर्न मुख्यमन्त्री गिरीलाइ अनुरोध गरे। प्रदेशमा नयाँ परिवर्तन भएको सरकारबाट कर्मचारीहरु आशा पलाएको र मुख्यमन्त्रीज्यूबाट त्यसको प्रत्याभुती हुने कार्य गरिनेमा आफु विश्वस्त रहेको उनले सुनाए । जवाफमा मुख्यमन्त्रीले आफु कर्मचारीका समस्या समाधान गर्नका लागि सकारात्मक रहेको बताएका थिए ।
लुम्बिनीका मुख्यमन्त्री लिला गिरीलाई महासचिव सितु प्रसाद श्रेष्ठ र इकाई समिति बुटवल अध्यक्ष अनिल कुमार माण्डव्य नेतृत्वको टोली र प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई संगठनका अध्यक्ष डम्बर रोगुं र प्रदेश अध्यक्ष त्रिलोचन पौडेल, मधेस प्रदेशका मुख्यमन्त्री सनोजकुमार यादवलाई उपमहासचिव चित्र बि.क. र प्रदेश अध्यक्ष अजयकुमार शर्मा तथा कर्णाली प्रदेशका मुख्यमन्त्री रामकुमार शर्मालाई प्रदेश अध्यक्ष किशोर कडेंलको नेतृत्वको टोलिले भेटेर कर्मचारीहरुको समस्याको बारेमा मुख्यमन्त्रीलाई जानकारी गराउँदै ती कर्मचारीका समस्याहरुलाई समाधान गर्नका लागि विशेष ध्यान दिन मुख्यमन्त्रीहरुलाई आग्रह गरेका हु्न् ।
प्रतिक्रिया